गठबन्धनको बलमा संसद छिर्ने खम्विरको तेस्रो प्रयास, एमालेको जितमा ह्याट्कि गर्ने हरिकृष्णको दाउ

khali

बेनी । वि.स. २०४७ पछिको २०५६ र २०६४ बाहेकको संसदीय चुनाव जितेको एमालेले म्याग्दीलाई आफ्नो वलीयो प्रभाव क्षेत्र दावी गर्दै आएको छ ।

२०५६ मा काँग्रेसका नारायणसिंह पुन र २०६४ मा माओवादीका गोविन्द पौडेलले म्याग्दीमा चुनाव जित्नुभएको थियो । २०७० मा एक्लै र २०७४ मा वाम गठबन्धन गरेर प्रतिनिधीसभा जितेको एमालेले म्याग्दीमा जितको ‘ह्याट्रिक’ गर्ने दाउमा छ ।

काँग्रेसका जिल्ला सभापति गर्वुजा तेस्रो पटक चुनावी मैदानमा उत्रिनुभएको छ । यसअघि दुई चुनाव हारेका गर्बुजालाई यसपाली सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ । गर्बुजा र नेकपा एमालेका गण्डकी प्रदेश कमिटि सदस्य हरीकृष्ण श्रेष्ठबीच म्याग्दीको प्रतिनिधिसभा सदस्यमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

Shreekrishna hardwear in news

२०७० को दोस्रो संविधान सभाको निर्वाचनमा एमालेका नवराज शर्मासग झिनो मतले पराजित भएका गर्बुजा २०७४मा नेकपा एमालेका भुपेन्द्र थापासँग करिब दुई हजार तीन सय मतले पराजित हुनुभयो । अघिल्लो चुनावमा एमाले र माओवादीको चुनावी तालमेल थियो ।

गत स्थानीय तह निर्वाचनमा एमालेले ४ वटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा अध्यक्ष, काँग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा अध्यक्ष, माओवादीले दुई उपप्रमुख र ६ वटा वडामा अध्यक्ष जितेका थिए । स्थानीय चुनावमा एमालेका वडा अध्यक्षका उमेद्वारले २३ हजार ९०, काँग्रेसले १९ हजार ८७० र माओवादीले ८५९२ मत ल्याएका थिए ।

दुई कार्यकाल जिल्ला अध्यक्षको नेतृत्व गरेर संसदीय चुनाव जिताएका श्रेष्ठलाई एमालेले सर्वसम्मत रुपमा प्रतिनिधीसभा सदस्यको उमेद्वार सिफारिस गरेको थियो । गत स्थानीय तह चुनावको नतिजा, बलीयो संगठन, प्रभावशाली उमेद्वारका चुनाव जित्ने आधार भएको एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले बताउनुभयो ।

प्रदेशसभाको क्षेत्र (क)का उमेद्वार समेत रहेका कटुवालले अन्य दलको तुलनामा म्याग्दीमा एमालेको सैद्धान्तिक मत संख्या धेरै भएको दावी गर्नुभयो । जिल्ला सदरमुकाम बेनी बजार अवस्थित तत्कालीन अर्थुङ्गे गाविसको एक कार्यकाल अध्यक्ष भएका श्रेष्ठले बेनी खानेपानी, रेडक्रस, म्याग्दी पुस्तकालय लगायत सामाजिक संघ संस्थाको पनि नेतृत्व गर्नुभएको थियो ।

नेपाली काँग्रेस म्याग्दीको दोस्रो कार्यकालका लागि बाहलवाला सभापति रहेका गर्बुजा बेलायती सेनाबाट सेवानिवृत भएपछि करिब २० वर्षदेखि राजनीतिमा सक्रीय हुनुहुन्छ । २०७२ अघि एक कार्यकाल काँग्रेसको जिल्ला उपसभापति भएका गर्बुजा २०६४ को चुनावमा काँग्रेसको समानुपातिक उमेद्वार हुनुहुन्थ्यो । दुई वटा चुनावमा पराजित भएपनि विचलित नभएर राजनीतिमा निरन्तरता दिएको तथा यसपाली गठबन्धनको पनि साथ रहेकाले चुनाव जित्ने गर्बुजाको भनाई छ ।

“२०६४ मा समानुपातिक उमेद्वार थिए, २०७० को दोस्रो संविधानसभा चुनावमा मतदातामाझ परिचित भए, २०७४ को चुनावमा वामगठबन्धनका वावजुद सम्मानजनक पराजित ब्यहोर्नुप¥यो,” गर्बुजाले भन्नुभयो “दुई पटक चुनाव हारेपनि संघर्ष गर्न छाडेको छैन । म्याग्देलीको सेवामा लागिरहेको छु । विचलित भएको छैन् । यसपाली म जितका लागि प्रतिस्पर्धामा आएको हो ।” गर्बुजा वेलायती सेनामा हुँदा वास्केटवल, भलिबल र सुटिङ खेलाडी हुन् । गठबन्धनबाट म्याग्दीको दुई वटै प्रदेशसभामा माओवादीका उमेद्वार छन् ।

गठबन्धनको चुनाव परिचालन समितिका संयोजक रहेका नेपाली काँग्रेसका जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (केवी)ले तित्तता र असन्तुष्टि मेटाएर टोल स्तरसम्म गठबन्धनलाई कसिलो बनाएर संयुक्त चुनाव प्रचारमा केन्द्रित भएको बताउदै गठबन्धनले आफ्नै सैद्धान्तिक मतले चुनाव जित्ने दावी गर्नुहुन्छ ।

६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र छन् । उमेद्वारहरु ग्रामिण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षण गरिरहेका छन् ।

सडक कालोपत्र गर्ने, भवन बनाउने, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, विद्युत, पर्यटन, कृषि, जलविद्युत र जडिवुटीको क्षेत्रमा आयआर्जन र रोजगारीको अवसर सिर्जना गराउने उमेद्वारहरुको प्रतिवद्धता छ ।

जागिर छाडेर राजनीतिमा लागेका हरिकृष्ण


बेनी नगरपालिका–७ भिमसेन टोलका बासिन्दा नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उमेद्वार हरीकृष्ण श्रेष्ठको जन्म २०२२ साल भदौ २ गते भएको हो । आइकमसम्मको अध्ययन श्रेष्ठले निजामती सेवाको लेखा समुहबाट राजिनामा दिएर राजनीतिमा आवद्ध भएका हुन् । श्रेष्ठ बेनीको न्यु वेष्ट पोइन्ट एजुकेशन फाउण्डेशन (निजी विद्यालय र क्याम्पस) र होटल डलफिनका सञ्चालक हुन् ।

वि.स २०३६ मा तत्कालिन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाँचौबाट विद्यार्थी राजानीतिमा जोडिएका श्रेष्ठ ०३८ सालमा प्रकाश माध्यामिक विद्यालयमा भएको स्वतन्त्र विद्यार्थी युनियनको सभापनि निर्वाचित भएका थिए ।

khali

०४० सालमा महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङमा अनेरास्ववियुका अध्यक्ष बनेका श्रेष्ठ ०४६ सालमा नेकपा मालेको बेनी कमिटी सदस्य, ०५० सालमा नेकपा एमालेको १ नम्बर इलाका सदस्य, ०५१ सालमा जिल्ला सदस्य र ०६६ देखी ०७८ सालसम्म एमालेका जिल्ला अध्यक्ष बने । हाल एमाले गण्डकी प्रदेश कमिटीमा सचिवालय सदस्यको भूमिकामा छन् ।

वि.स. २०५४ को स्थानीय निकाय निर्वाचनमा बेनी बजार अवस्थित तत्कालीन अथुङ्गे गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । म्याग्दी पुस्तकालय, नेपाल रेडक्रस सोसाईटी, म्याग्दी अस्पताल, बेनी खानेपानी, म्याग्दी बहुमुखी क्याम्पस, प्रकाश माध्यामिक विद्यालय समेत दर्जनबढी सामाजिक संघ संस्थामा श्रेष्ठले नेतृत्व गरेका छन् । श्रेष्ठले बेनी बजार संरक्षण योजनाको उपभोक्ता समितिको अध्यक्ष भएर काम गरेका थिए ।

‘म स्कुले जिवनदेखी नै वाम राजनीतिमा झुकाव राखेको हो । ०४३–०४६ सालसम्म निजामति सेवामा कार्यरत रहदा जिल्ला बाहिर रहनु परेकोले उत्ति सकृय हुन सकिन् । अन्य समय तत्कालिन मालेहुदै एमालेको राजनीतिमा निरन्तर सकृय छु’ श्रेष्ठ भन्छन् ‘राजनैतिक, सामाजिक क्षेत्रमा गरेका कामको जनताले मुल्याङकन गर्नेछन । जनताको सेवा गर्न पेशा र व्यवासाय छोडेर राजनीति गरेको छु ।’

एमालेको जिल्ला कमिटिले श्रेष्ठलाई सर्वसम्मत एकल उम्मेदवारका रुपमा सिफारिस गरेको थियो । श्रेष्ठको कार्यकालमा एमालेले म्याग्दीमा लगातार दुई पटक संसदीय चुनाव जितेकाले उनलाई सर्वसम्मत प्रतिनिधीसभा सदस्यको उमेद्वार सिफारिस गरिएको एमाले नेता कार्यकर्ता बताउँछन् । एक कार्यकाल गाविसको अध्यक्ष भएर जनप्रतिनिधि र चुनावी अनुभव सँगालेका श्रेष्ठ संसदीय चुनावमा भने पहिलो पटक उमेद्वार बनेका हुन् ।

बेलायतको सेवा सुविधा छाडेर राजनीतिमा लागेका खम्बिर

गठबन्धनबाट म्याग्दीमा प्रतिनिधिसभा सदस्यको उमेद्वार बनेका नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)को जन्म २०२२ मंसिर ८ गते रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ दग्नाममा भएको हो ।

एसएलसीसम्मको अध्ययन गरेका गर्बुजा बेलायती सेनाका सेवानिवृत्त गोर्खा सैनिक हुन् । २०५५ मा सेवानिवृत्त भएपछि काँग्रेसको सक्रीय राजनीतिमा आवद्ध भएका गर्बुजा २०५६ को चुनावमा काँग्रेसका नारायणसिंह पुनलाई म्याग्दीमा जिताउन खटिएका थिए । २०७२ फागुनमा चुनावबाट नेपाली काँग्रेस म्याग्दीको सभापतिमा निर्वाचित भएका गर्बुजा २०७८ कात्तिकमा भएको अधिवेशनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत सभापति चयन भएका थिए ।

२०७२ अघि एक कार्यकाल गर्बुजा नेपाली काँगे्रस म्याग्दीको उपसभापति थिए । “२०४६ सालदेखिनै विपिको विचारबाट प्रभावित भएर काँग्रेसमा आवद्ध छु,’’ गर्बुजा भन्छन् “परिवार बेलायतमा छन् । म्याग्दीका जनताको सेवा गर्न वेलायतको सुख, सुविधा र विलासी सेवा सुविधा छाडेर आएको हो ।”

कम बोल्न रुचाउने गर्बुजाको नाता लगाएर बोल्ने शैलीले धेरैलाई प्रभावित बनाउँछ । उनले दाई, काका, काकी, भाउजु, माइजु, भाई, बहिनी जस्ता नाता गाँसेर आत्मिय रुपमा प्रस्तुत हुने गर्छन् ।

गर्बुजा यसअघि २०७० र २०७४ मा पनि चुनावी मैदानमा थिए । २०६४ को चुनावमा काँग्रेसको समानुपातिक उमेद्वार थिए । दुई वटा चुनावमा पराजित भएपनि विचलित नभएर राजनीतिमा निरन्तरता दिएको तथा यसपाली गठबन्धनको पनि साथ रहेकाले चुनाव जित्ने गर्बुजाको भनाई छ ।

२०७० को दोस्रो संविधान सभाको निर्वाचनमा नेकपा एमालेका नवराज शर्मासँग झिनो मतले पराजित भएका गर्बुजो २०७४ को प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा नेकपा एमालेका भुपेन्द्र थापा सँग करिब २३०० मतले पराजित भए । त्यतिबेला एमाले र माओवादी केन्द्रको चुनावी तालमेल थियो ।

गर्बुजा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा तेस्रोपटक चुनावी मैदानमा छन् । गर्बुजालाई माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बलीयो साथ छ । विगतका चुनावको वदला लिएर यसपाली संसद छिर्ने गर्बुजाको दाउ छ ।

‘दुईवटा निर्वाचनबाट सूर्यको ताप र रापले जर्जर बनेको म्याग्दीको विकास र समृद्धिलाई सुशासनरुपी जलले सिचाँइ गरी हराभरा बनाउन गठबन्धनले साझा उमेद्वार बनाएर मैदानमा पठाएको छ,’ गर्बुजाले भने ‘म्याग्देली जनताको मुहारलाई विकासको उपहार दिई हसिलो बनाउने उद्धेश्यले गठवन्धनको दरिलो आड छ ।’

पार्टीको सैद्धान्तिक मतलाई सुरक्षित गर्दै गठबन्धनभित्रको असन्तुष्टको मतलाई तान्न सकेमा जित निकाल्न सकिने एमालेको रणनीति छ । गठबन्धनबाट प्रदेशसभाको दुई वटै निर्वाचन क्षेत्रमा माओवादीका उमेद्वार छन् । आफ्नो मत सुरक्षित र स्वतन्त्र मतलाई आकर्षित गर्ने गठबन्धनको रणनीति देखिन्छ ।

राजनीतिक दलका नेता र उमेद्वारहरु घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षण गरिरहेका छन् । एमालेले विगतमा शुरु गरेका अधुरा योजनालाई पूर्णता दिन भनेर भोट मागेका छन् ।

लगातर दुई पटक पटक अवसर पाउँदा पनि एमालेबाट जितेका प्रतिनिधीले जिल्लाको विकासमा अन्य जिल्लाको तुलनामा अपेक्षाकृत योगदान गर्न नसकेको आरोप लगाउदै विकासको गतिलाई नयाँ उचाईमा पु¥याउने प्रतिवद्धता सहित भोट मागिरहेका छन् ।

सडक कालोपत्र गर्ने, भवन बनाउने, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, विद्युत, पर्यटन, कृषि, जलविद्युत र जडिवुटीको क्षेत्रमा आयआर्जन र रोजगारीको अवसर सिर्जना गराउने उमेद्वारहरुको प्रतिवद्धता छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...