बेनीका चौतारी संरक्षण गरिदै

khali

बेनी, । दुई दशक अघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारीहरु अहिले सुनसान छन् । कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै बस्दथे ।

धर्मका लागि चौतारी चिन्ने, वर र पिपलका रुख रोप्ने, पानी धारा बनाउने, पोखरी खन्ने चलन थियो । सडक यातायातको विकास र समाजमा आएको परिवर्तनसँगै चौताराको प्रयोग घटेको छ ।

सार्वजनिक जग्गाजमिन र खाली ठाउँ नभएको म्याग्दी सदरमुकाम बेनी बजारमा रहेका परम्परागत चौतारीहरुलाई संरक्षण र व्यवस्थित गर्न जनप्रतिनिधीहरुले चासो दिएका छन् । बेनी नगरपालिका–७ मा पर्ने चौतारीहरुको संरक्षण थालिएको छ ।

Shreekrishna hardwear in news

वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बजारबासीलाई सितलता र बटुवाहरुलाई विश्रामका लागि पुराना चौतारीहरुलाई व्यवस्थि गरेर प्रतिक्षालयमा रुपान्तरण गर्न थालिएको बताउनुभयो । “अहिलेका प्रतिक्षालय जस्तै पहिलेका चौतारीहरुको महत्व छ,” उहाँले भन्नुभयो “धार्मिक, जैविक विबिधताको संरक्षण र विश्रामको सुविधाका लागि जिर्ण चौतारीको पुननिर्माण गर्न थालेका हौ ।”

khali

बेनी नगरपालिकाको वडा नम्बर ७ मा १८ वटा चौतारी र एक वटा पोखरी छन् । चौतारी मर्मतका लागि चालु आर्थिक वर्ष २०७९÷८० मा बेनी नगरपालिकाले रु. चार लाख पचास हजार बिनियोजन गरेको छ । सो बजेटबाट नगरपालिकाको प्रवेशद्धार, बेनी सामुदायिक र जिल्ला प्रशासन कार्यालय अगाडीको चौतारी संरक्षण गर्न थालिएको छ ।

गत आर्थिक आर्थिक वर्षमा बिनियोजन भएको रु. एक लख २७ हजार बजेटबाट मालपोत कार्यालय अगाडीको चौतारी मर्मत गरिएको थियो । सो चौतारीको नजिकै बेनी बजार अवस्थित बेनी नगरपालिकाको ७ र ८ नम्बर बाहेकका वडाको पहिचान झल्कने होडिङ बोर्ड राख्ने तयारी भएको छ ।

पिपलको रुखको फेदीमा पुजा गर्न र बत्ती बाल्न सहज होस भनेर पाला समेत राखिएको छ । नगरपालिकाको प्रवेशद्धार अघिको चौतारीसँगै म्याग्दीका ६ वटा स्थानीय तहको पहिचान झल्कने होडिङ बोर्ड राख्न लागिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । होडिङ बोर्डबाट म्याग्दी जिल्लाको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाई छ ।

चौतारी बनाएका दाताहरुसँग समन्वय गरेर मर्मत थालिएको हो । परम्परागत समाजमा धर्म र पुण्यका लागि चौतारा बनाउने चलन थियो । त्यसबेला बनाएका पोखरीहरु अहिले झाडीमा परिणत भएका छन् ।

फेरिएको परिवेशमा चौतारीलाई विश्रामस्थल, प्रतिक्षालय र धार्मिक स्थलको रुपमा विकास गराउने योजना रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । चौतारीसँगै पुजा गर्ने ठाउँ बनाएमा मानिसहरुले फोहोर नगर्ने र सरसफाई कायम गर्न सकिने उहाँले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...