म्याग्दीखोला जलविद्युत आयोजनालाई लगानी जुट्यो

Gandaki Kotihome

काठमाडौ, । धवलागिरी गाउँपालिका–४ भएर बग्ने म्याग्दी नदीमा निर्माण हुन लागेको म्याग्दीखोला जलविद्युत आयोजनालाई लगानी जुटेको छ ।
हाइड्रो भिलेज प्रा.लीले बनाउन लागेको ५७.३ मेगावाट क्षमताकोको म्याग्दी खोला जलविद्युत आयोजनामा पाँच कम्पनीले करिब रु. ८ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् । कम्पनी र बैंकहरूबीच सोमबार काठमाडौमा लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
धौलागिरि गाउँपालिकाको जेल्तुङमा विद्युतगृह र दोभानमा बाँध रहने आयोजनाले ६२६.५० मिटर हेड र म्याग्दी खोलाको १२.५० घन मिटर प्रति सेकेण्ड बहाव प्रयोग गरी ५७.३ मेगावाट क्षमता विद्युत उत्पादन गर्नेछ ।
कुल १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाइमा मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष र नेपाल एसबिआई बैंकले लगानी गर्नेछन् ।
सम्झौतामा कम्पनीका तर्फबाट रामेश्वर थापा, नेपाल बैंकका तर्फबाट लक्ष्मण पौडेल, मेगा बैंकका तर्फबाट रामकाजी थापा, कृषि विकास बैंकका तर्फबाट सुदिप कुमार दाहाल, कर्मचारी सञ्चय कोषका तर्फबाट ठाकुर जंग थापा र नेपाल एसबिआई बैंकका तर्फबाट मनोज कुमार गौतमले हस्ताक्षर गर्नुभएको छ ।
आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत ( रु.८ अर्ब ५ करोड ७० लाख) र स्वपुँजी २५ प्रतिशत (रु. २ अर्ब ६८ करोड ६०) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्ट्याइएको छ । यसैगरी, प्रत्यक्ष वैदेशिक लगानीको रूपमा मलेसीयन कम्पनी एक्वा भेञ्चर्सको तथा स्वदेशी लगानीको रूपमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभेलपमेन्ट कम्पनी र ऊर्जा डेभलपर्स, सिम्रिक भेन्चर्स, बिजबेल समेतको स्वपुँजी लगानी हुने कम्पनीले जनाएको छ ।
ऋण सम्झौताका अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको अग्रता र अन्य चार बैंकको साझेदारीमा यस आयोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न हुनु उल्लासमय क्षण रहेको बताउनुभयो ।
देशको आर्थिक समृद्धि तथा विदेशी मुद्रा आर्जनका लागि अपार सम्भावना बोकेको जलविद्युत क्षेत्रमा यस कंसोर्टियमले म्याग्दी खोला जलविद्युत आयोजनासँग आवद्ध हुन पाउँदा गर्व महसुस भएको उहाँले बताउनुभो ।

Notice about ban dadalo

ऊर्जा डेभलपर्सका अध्यक्ष विजय बहादुर राजभण्डारीले ऊर्जाले रणनीतिक साझेदारीमा विश्वास गर्ने र हाइड्रो भिलेजसँगको आवद्धता यहि प्रतिवद्धताको अर्को चरण भएको बताउनुभयो ।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल कुमार उपाध्यायले विगत केही समयदेखि विश्वव्यापी रूपमै सिर्जना भएको तरलता अभाव तथा आर्थिक मन्दीका बाबजुद यस आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै प्रर्वद्धक कम्पनीको प्रतिबद्धताको प्रशंसा गर्नुभयो ।
आयोजनाबाट स्थानीय निकायहरूसँगकोे सहकार्यमा पहुँच मार्ग र अन्य पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिसकेको र आगामी सुख्खा यामदेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीका निर्देशक सुशिल पोखरेलले बताउनुभयो । उहाँले निर्माण थालनी भएको ४० महिनाभित्र आयोजना सम्पन्न गर्ने जानकारी दिनुभयो ।
कम्पनीका अध्यक्ष रामेश्वर थापाले हाइड्रो भिलेजका प्रवर्द्धकहरू सक्षम एवम् अनुभव प्राप्त संस्था तथा व्यक्तिहरू भएको हुँदा आयोजना समयमै निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
आयोजना सम्पन्न भएपछि सुख्यायाममा १०३.११ गिगावाट आवर (१०.३१ करोड युनिट) र वर्षायाममा २३२.८८ गिगावाट आवर (३२.२८ करोड युनिट) गरी वार्षिक ३३६ गिगावाट आवर (३३.६ करोड युनिट) विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।
उत्पादित विद्युत आयोजनाको विद्युतगृहदेखि करिब १७ किलोमिटर दुरीमा रहेको विद्युत प्राधिकरणको निर्माणाधिन १३२÷३३ के.भी. डाँडाखेत सबस्टेस्नमा जोडिनेछ । म्याग्दी र आसापासका नदीहरुमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न डाडाखेत र राहुघाटमा सवस्टेशनका लागि प्रशारण लाइन निर्माण शुरु भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...