जनप्रिय माविको भवन उद्घाटन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय माविको भवन मंगलबार उद्घाटन गरिएको छ ।

गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा निर्मित विद्यालयको १६ कोठे भवनको बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले उद्घाटन गर्नुभयो । भवन उद्घाटन गर्दै उहाँले पठनपाठनमा थप सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

समयमै सुविधा सम्पन्न भवन निर्माण सम्पन्न गर्न सहयोग पु¥याउने क्याप्टेन जितबहादुर घर्ति मगर, गोर्खा वेलफेयर ट्रष्टका कर्मचारी, विद्यालय लगायतलाई धन्यवाद व्यक्त गर्नुभयो । पुर्वाधार निर्माण भएपछि भविष्यमा दरबाङ, ग्रामिण भेग सहित समग्र म्याग्दीबासीलाई फाइदा पुग्ने बताउनुभयो ।

Shreekrishna

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले विद्यालय भवन निर्माणको लागि सहयोग गर्ने संस्थालाई धन्यवाद व्यक्त गर्दै विद्यालयमा भवन संरक्षण, थप भौतिक पुर्वाधार निर्माण र शैक्षिक क्षेत्रको थप विकास गर्न गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले भवन निर्माण भएपछि पठनपाठनमा ठुलो टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

????????????????????????????????????

नवनिर्मित भौतिक पुर्वाधारको संरक्षण तथा सुधार गर्न विद्यार्थी, अभिभावक, विद्यालय र गाउँपालिकाको दायीत्व भएको बताउनुभयो । गाउँपालिका भित्रका सामुदाकि विद्यालयको शैक्षिक गुणस्तर बृद्धी गर्न गाउँपालिकाले प्राथमिकता दिएको बताउनुभयो । उहाँले विद्यालयमा किताबी ज्ञान मात्र नभई विद्यार्थीलाई व्यवहारिक र प्राविधिक ज्ञान हुन जरुरी रहेको बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

निवतर्मान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले आफ्नो कार्यकालमा सामुदायिक विद्यालयको शैक्षिक क्षेत्रमा सुधार ल्याउने योजना अनुसार जनप्रिय माविको भवन निर्माण गर्न सफल भएको बताउनुभयो । उहाँले आफ्नो आग्रहमा सामाजिक अभियान्ता बेलायती सेनाबाट सेवानिवृत क्याप्टेन जितबहादुर घर्ति मगरको सिफारिसमा गोर्खा वेलफेयर ट्रष्टको सहयोगमा भवन निर्माण गर्न सफल भएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले आफ्नो कार्यकालमा गोर्खा वेलफेयर ट्रष्टको सहयोगमा गाउँपालिका भित्रका सामुदायीक विद्यालयमा भवन सहित भौतिक पुर्वाधार निर्माण भएको बताउँदै शैक्षिक क्षेत्रको सुधार र गुणस्तर बृद्धीलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । जनप्रिय मावि जिल्लाकै ऐतिहासिक अग्रणी शैक्षिक संस्था भएको बताउँदै क्याम्पस संचालनको लागि आफ्नो कार्यकालमा केही पहल थालिएको सुनाउनुभयो ।
क्याप्टेन घर्तिले लामो प्रयास पछि जिल्लाकै अग्रणी संस्थाको भवन निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले जिल्लाको पश्चिमी तीन पालिकाबाट विद्यार्थीहरु अध्ययन गर्न आउने भएकोले क्याम्पस संचालनका लागि पहल गर्न आग्रह गर्नुभयो । वडा अध्यक्ष पथबहादुर रोकाले विद्यालय सम्म आउनका लागि सडक स्तरोन्नति र थप पुर्वाधार निर्माणका लागि वडाले पहल गर्ने बताउनुभयो ।

????????????????????????????????????

प्रोजेक्ट सुपरभाइजर डम्मर थापाका अनुसार, गोर्खा वेलफेयर ट्रष्टको दुई करोड ५९ लाख ३६ हजार ४८० र विद्यालयको तर्फबाट २२ लाख ८३ हजार २३६ रुपैयाँ गरी कुल दुई करोड ८२ लाख २० हजार ६१६ रुपैयाँमा भवन निर्माण गरिएको हो । गोर्खा वेलफेयर ट्रष्टका डिप्युटी फिल्ड डिरेक्टर यामबहादुर राना मगरले संस्थाले देशभर तीन हजार भन्दा बढी विद्यालय भवन निर्माण गरेको जानकारी दिनुभयो । ग्रामिण भेगका विद्यार्थीलाई प्राथमिकता दिएर संस्थाले सहयोग गर्दै आइरहेको बताउनुभयो ।

उहाँका अनुसार, संस्थाले नेपालमा खानेपानी, विद्यालय र मेडिकल क्याम्पहरुका लागि सहयोग गर्दै आइरहेको छ । विद्यालयका प्रअ दिवाकर सुवेदीले सुविधा सम्पन्न भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको बताउँदै भवन निर्माणमा सहयोग गर्ने संस्था, पहल गर्ने र गाउँपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो ।

विद्यालयमा भौतिक पुर्वाधार निर्माण भएकोले क्याम्पस संचालनको लागि पहल गरिदिन गाउँपालिकालाई आग्रह गर्नुभयो । उहाँका अनुसार, गाउँपालिकाबाट विनियोजित २५ लाख रुपैयाँ बजेटबाट कम्पाउण्ड वाल निर्माण गरिएको बताउनुभयो । सेनेटरी प्याड जलाउने विद्युतिय मेसिन समेत जडान गरिएको छ । गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...