मालिका, अन्नपूर्ण र धवलागिरीमा एमालेको घरदैलो

Gandaki Ghumau

बेनी । नेकपा एमाले म्याग्दीले आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरि घरदैलो गरि मतदाता भेटघाटलाई तिव्रता दिएको छ ।
उम्मेदवारहरु सहितको टोलीले आइतबार मालिका, अन्नपूर्ण र धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँहरुमा घरदैलो गरि मतदाता भेटघाट गरेको छ । एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ सहितको टोलीले मालिका गाउँपालिका ६ दिच्याम र दुखुमा घरदैलो गरि मतदातासंग भेटघाट गरेको छ ।

त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (ंक) का उम्मेदवार देवेन्द्र कटुवाल सहितको टोलीले अन्नपूर्ण गाउँपालिकाको भुरुङतातोपानी, नारच्याङ लगायतको ठाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरि प्रदेशसभा निर्वाचन क्षेत्र (ंख) का उम्मेदवार यामबहादुर गर्वुजाको टोलीले धवलागिरि गाउँपालिका –२ लुलाङमा घरदैलो गरेको छ ।

Shreekrishna

उम्मेदवार श्रेष्ठले जिल्लाको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । एमालेका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज भुपेन्द्र थापाले नेकपा एमालेको सरकारले गरेको कार्यहरु जनभावना र राष्ट्रिय हितका लागि भएका बताउनुभयो ।

Gunasthariya Shiksya

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका सचिवालय सदस्य खरमाया विटालु, मालिका गाउँपालिका कमिटीका अध्यक्ष बेगप्रसाद गर्वुजा लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको भुरुङतातोपानी, नारच्याङ लगायतका गाउँहरुमा प्रदेश (ंक) का उम्मेदवार कटुवाल, अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेल, बेनी नगरकमिटी सचिव सुवास विश्वकर्मा लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा घरदैलो गरिएको थियो ।

यसैगरि प्रदेशसभा निर्वाचन क्षेत्र (ंख) का उम्मेदवार याम गर्वुजाको टोलीले धवलागिरी गाउँपालिका –२ लुलाङमा घरदैलो गरि मतदाताहरु समक्ष भोट अपिल गरेको छ । उम्मेदवार गर्वुजाको टोली सोमवार त्यतैबाट वडा नम्बर १ गुर्जा पुग्ने नेकपा एमाले निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...