बेनी वालगृहमा सामुहिक भाइटिका

Gandaki Kotihome

बेनी । यमपञ्चकको पाँचौ तथा अन्तिम दिन विहिबार म्याग्दीको बेनी स्थित वालगृहमा रहेका अनाथ वालवालिकाहरुले सामुहिक भाइटिका लगाएर मनाएका छन् ।

नेपाल वाल संगठन म्याग्दीले सञ्चालन गरेको वालगृहमा रहेका वालवालिकाहरुले एक आपसमा टिका र माला लगाएर तिहार मनाएका हुन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ)का अध्यक्ष कर्ण पुनको सहयोगमा बालगृहमा सामुहिक भाइटिका कार्यक्रम आयोजना गरिएको हो ।

Annapurna aarohan ko notice

बालगृहमा रहेका बालबालिकाहरुलाई तिहार निरश नवनोस भनेर सामुहिक भाइटिका कार्यक्रमका लागि सहयोग गरेको पुनले वताउनुभयो । म्याग्दी वालगृहमा हाल १२ जना बालबालिका आश्रित छन् । अभिभावक विहिन वालवालिकालाई वालगृहलाई आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ ।

Upper Myagdi transmition line notice

नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले वालगृहमा सामुहिक भाइटिका आयोजना गर्न पुजा सामग्री, मिठाई लगायत खानाका परिकारको ब्यवस्था गर्ने मोना हङकङका अध्यक्ष पुनलाई धन्यवाद दिनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...