स्थिरता, शुसासन, सन्तुलित विकास, सामाजिक न्याय र सम्बृद्धीको नारा सहित गठबन्धनका उमेद्वारको भेटघाट र घरदैलो

Gandaki Kotihome

बेनी । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका साझा उमेद्वारको टोलीले आइतबार मंगला गाउँपालिका–३, ४ बरंजा र रघुगंगा गाउँपालिका–३ पिप्लेमा कार्यकर्ता भेटघाट र घरदैलो गरेका छन् ।

प्रतिनिधीसभा सदस्यका उमेद्वार काँग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) र प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार माओवादीका रेशम जुग्जाली (सुविन)को टोलीले मंगलाको ३ र ४ नम्बर वडामा कार्यकर्ता भेटघाट तथा घरदैलो गर्नुभएको हो ।

यसैगरी प्रदेशसभा क्षेत्र (क)का उमेद्वार माओवादीका हरिबहादुर भण्डारी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी शिव केसी लगायत काँग्रेस र माओवादीका नेताहरुको टोलीले रघुगंगा ३ को विभिन्न टोलमा घरदैलो गरेको हो ।

Upper Myagdi transmition line notice

काँग्रेस म्याग्दीका सभापति समेत रहेका प्रतिनिधिसभा सदस्यका उमेद्वार गर्बुजाले शान्ति र संबिधान ल्याउन सहकार्य गरेका गठबन्धनमा आवद्ध काँग्रेस, माओवादी, नेकपा एकिकृत समाजवादी, जनमोर्चाको गठबन्धन नेपालमा राजनीतिक स्थिरता कायम गरेर विकास र सम्बृद्धीको बाटोमा अघि बढाउन भएको बताउनुभयो ।

Annapurna aarohan ko notice

माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार जुग्जालीले म्याग्दीबासीको समस्यालाई नीतिगत रुपमा समाधानका लागि समग्र विकास, शुसाषन, भ्रष्ट्राचार, सबैखाले विभेदको अन्य, सामाजिक न्याय सहितको सम्बृद्ध समाज निर्माणका लागि गठबन्धनका उमेद्वारलाई जिताउनुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर विश्वकर्मा, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी श्रीप्रसाद रोका, प्रदेशसभा क्षेत्र (ख)का सभापति टंकप्रसाद पुन, नेकपा एकिकृत समाजवादीका युवा नेता कल्पना सापकोटा लगायतले संविधान विपरित प्रतिनिधीसभाको विघटन गरेर जनमतको अपमान गर्ने, विकासको भ्रम फैलाएर भ्रष्टाचारमा लिप्त हुने, शाषक बनेर विभेदकारी व्यवहार गर्ने प्रवृतिको अन्त्य गरेमा मात्र देशमा विकासले गति लिने बताउनुभयो ।

पिप्लेको घरदैलो र कार्यकर्ता भेटघाटका क्रममा प्रदेशसभा क्षेत्र (क)का उमेद्वार भण्डारीले नागरिकको समस्या समाधान गर्ने, छिटो छरितो सेवा पाउने कानुन, सुशासन, सम्बृद्धि र सामाजिक न्यायका लागि युवालाई अवसर दिन आग्रह गर्नुभयो । सन्तुलित विकास र बेरोजगार समस्या समाधानका लागि स्थानीय स्रोत साधन परिचालनका लागि नीति बनाउने उहाँले बताउनुभयो ।

स्थानीय नेता कार्यकर्ताहरुले गठबन्धनको मर्म र भावना बुझेर आसन्न चुनावमा गठबन्धनलाई जिताउन एकतावद्ध भएर चुनावी अभियानलाई तिब्रता दिएको, विपक्षीले फैलाएको अविश्वासको भ्रममा नपर्न र गठबन्धनलाई विश्वास गर्नुको विकल्प नभएको बताएका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...