म्याग्दीमा राती ९ः३० बजेपछि देउसीभैलो खेल्न नपाइने

Gandaki Pardesh notice

बेनी, । म्याग्दीमा राती ९ः३० बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले आइतबार तिहार पर्वलाई लक्षित गरेर ४ बुदे सूचना जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले चाडपर्वको अवसरमा देउसी, भैलो एवं नाचगान जस्ता कार्यहरु राति ९ः३० बजेभित्र गरिसक्न अनुरोध गर्दै सूचना जारी गरर्नुभएको हो ।

Bhautik ministry notice about road

देउसी, भैलो कार्यक्रम यातायात र जनजिवनलाई असर नपर्ने गरी अनुशाषित रुपमा सञ्चालन गर्न, पटका, अतिसवाजी लगायत विस्फोटक पदार्थको प्रयोग, निकासी, ओसारपसार र विक्री वितरण नगराउन प्रशासनले अनुरोध गरेको छ ।

Shreekrishna hardwear in news

मापदक पदार्थको सेवन गरी सार्वजनिक शान्ति सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थलमा होहल्ला एवं झै–झगडा गर्ने कार्य नगर्न नगराउन प्रशासनले आग्रह गरेको छ । सूचनाको अवज्ञा तथा कानून विपरितका कुनै गतिविधी तथा क्रियाकलाप गरे गराइएको पाइएमा कानून बमोजिम कारवाहि हुने प्रशासनले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...