गठबन्धनका उमेद्वारको भगवती र मुदीमा मतदाता भेटघाट

Gandaki Ghumau

बेनी, । म्याग्दीमा सत्ता गठबन्धनका उम्मेदवारले शनिबार रघुगंगा गाउँपालिका–२ भगवती र धवलागिरी गाउँपालिका–४ मुदीमा घरदैलो, कार्यकर्ता र मतदाता भेटघाट गरेका छन् ।

रघुगंगा गाउँपालिकाको भगवतिमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा, प्रदेश क का उम्मेदवार नेकपा माओवादी केन्द्रका युवा नेता हरी भण्डारी सहितको टोलीले स्थानीयसंग प्रत्यक्ष भेटघाट गरेर चुनावमा सहयोगका लागि अपिल गरेका छन् ।

राखु भगवती रुईसे टोल, साझपानी देपुर्ण भगवती मैदानका स्थानीबासीले गठबन्धनका उम्मेदवारलाई बहुमतका साथ जिताउने प्रण गरेका छन । गठबन्धनका साझा उम्मेदवार गर्वुजाले संविधानको रक्षा, राजनीतिक स्थायित्व, दिगो विकास र समृद्धिकाका लागि काम गर्ने जनतासंग प्रतिबद्धता गरेका छन् । त्यस्तै प्रदेश क उम्मेदवार भण्डारीले स्थानीयको समस्यालाई प्राथमिकता राखेर काम गर्ने प्रतिवद्धता जनाउदै गठबन्धनलाई जिताउन जन्मगाउँ राखुबासीलाई आग्रह गर्नुभएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य रिमबहादुर कटुवाल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शिव केसी, कांग्रेसका क्षेत्र (क) का उपसभापति भवबहादुर भण्डारी लगायतका नेताहरुले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने प्रण गरेका छन । गठबन्धनका नेताले प्रदेश (क) मा युवा उम्मेदवार पाएको भन्दै मतदिएर सहयोग राखुबासीलाई अपिल गर्नुभएको थियो ।

यसैगरी गठबन्धनबाट म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा उमेद्वार बन्नुभएका माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन) नेतृत्वको टोलीले धवलागिरी गाउँपालिकाको मुदीमा घरदैलो, मतदाता र कार्यकर्ता भेटघाट गर्नुभएको छ ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी श्रीप्रसाद रोका, प्रदेशसभा क्षेत्र खका सभापति टंकप्रसाद पुन, नेकपा एकिकृत समाजवादीका युवा नेता अनुप गौचन लगायतको टोलीले मुदीमा घरदैलो गरेका हुन् ।

गठबन्धनमा आवद्ध काँग्रेस र माओवादीले निर्वाचनलाई लक्षित गरेर वडा र टोल स्तरमा संयुक्त कार्यकर्ता भेला, प्रशिक्षणका साथै भेटघाट अभियानलाई तिब्रता दिएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...