मुनाका पसल अनुगमन

Gandaki Ghumau

गोपाल आचार्य

ताकम। म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा सोमबार बजार अनुगमन गरिएको छ ।

Gunasthariya Shiksya

धवलागिरी गाउँपालिकाले ताकम प्रहरी चौकी र उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समितिसँगको सहकार्यमा बजार अनुगमन गरेको हो । म्याद नाघेका अखाद्य बस्तुको विक्री वितरण नियन्त्रण, व्यवसायलाई दर्ता र कानुनी दायरामा ल्याउने उद्देश्यले गाउँपालिकाको केन्द्र मुनामा रहेका आठ वटा पसलको अनुगमन गरिएको थियो ।

Shreekrishna

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुब रिजाल, युवा तथा खेलकुद शाखा प्रमुख ख्यामराज सुवेदी, स्वास्थ्य शाखा संयोजक सम्झना खाती क्षेत्री, लेखा शाखा प्रमुख तिलकशंकर पोडेल, ताकम प्रहरी चौकीका प्रमुख क्षितिज केसी र उद्योग वाणिज्य संघ धवलागिरीका सचिव मदन मल्लको सहभागितामा अनुगमन गरिएको थियो ।

अनुगमन टोलीले दर्ता प्रमाणपत्र देखिने गरि राख्न, म्याद गुज्रेका सामान टाँसीबाट हटाएर डिलरलाई फिर्ता पठाउन, मूल्य सूचि राख्न, फर्मको उद्देश्य अनुसार व्यवसाय गर्न सुझाव दिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...