म्याग्दी प्रदेशसभा क्षेत्र (ख)मा बाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनाव प्रचार समिति

Gandaki Ghumau

दरवाङ । बाम लोकतान्त्रिक गठबन्धनले म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा संयुक्त चुनाव प्रचार समिति गठन गरेका छन् ।

दरवाङमा शुक्रबार भएको मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा साझा उमेद्वार बनाएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता भेलाले समिति गठन गरेको हो ।

नेपाली काँग्रेसका प्रदेशसभा क्षेत्र (ख)का सभापति टंकप्रसाद पुन संयोजक र माओवादीको गण्डकी प्रदेश सदस्य चन्द्रप्रसाद बुढाथोकी सहसंयोजक रहेको ३३ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको माओवादीको प्रदेश सहसचिव टेकबहादुर बिकले जानकारी दिनुभयो ।

Shreekrishna

प्रदेश क्षेत्र स्तरमा प्रचारप्रसारका लागि ९ जनाको सचिवालय, ५ जनाको उमेद्वारसँग रहने विशेष प्रचार टोली गठन भएको छ । धवलागिरी, मालिका र मंगला गाउँपालिका स्तरमा पनि संयुक्त प्रचार समिति बनेको छ । टोलीले वडा र टोल स्तरमा संयुक्त कार्यकर्ता भेटघाट, कार्यकर्ता परिचालन र प्रचारप्रसारको काम जिम्मेवारी पाएका छन् ।

Gunasthariya Shiksya

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति तथा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उमेद्वार खमबहादुर गर्बुजा (खम्बिर) र माओवादी केन्द्रका जिल्ला संयोजक तथा प्रदेश सभा क्षेत्र खका उमेद्वार रेशम जुग्जाली (सुविन)ले संविधानको रक्षा, स्थिरता र सम्बृद्धीका लागि बनेको गठबन्धनका उमेद्वारलाई जिताउन परिचालन हुन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

नेपाली काँग्रेस म्याग्दीका सहसचिव श्रीराम पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा काँग्रेसका पुर्व सहसभापति नेत्र महत, महाधिवेशन प्रतिनिधी तथा मालिका गाउँपालिकाका पुर्व अध्यक्ष श्रीप्रसाद रोका, काँग्रेस नेता गोपाल भट्टचन, माओवादीका प्रदेश सहसचिव टेकबहादुर बिक, सदस्य चन्द्रप्रसाद बुढाथोकी र वाइसीएलका केन्द्रिय सचिव पुनम खड्काले सम्बोधन गर्नुभएको थियो ।

म्याग्दीलाई अहंकारवादी र प्रतिक्रीयावादीहरुको कब्जाबाट मुक्त बनाएर जनताको विकास, सेवा प्रवाह सम्बन्धी आवश्यकता पुर्ति गर्न गठबन्धनका उमेद्वार जिताउनुको विकल्प नभएको वक्ताहरुको भनाई थियो । विगतका कमजोरीको समिक्षा भइसकेको र अब सुनौलो भविष्यको परिकल्पनालाई सकार पार्न गठबन्धनलाई इमान्दारिता र विश्वासका साथ कार्यान्वन गराउन आग्रह गर्नुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...