बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडकमा छ दिनपछि सिधा यातायात सञ्चालन भएको छ ।

पहिरो र बाढीका कारण असोज १८ गते रातीदेखि अवरुद्ध भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सोमबार साँझदेखि सिधा सवारी सञ्चालन भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले पहिरो पन्छाएपछि सडकमा सिधा यातायात सञ्चालन हुन थालेका जानकारी दिनुभयो । म्याग्दीको बैसरी, नौनीबगर, जलथले, गुइठे, रुप्से र काभ्रेभिरमा पहिरो तथा बेगखोला, रुप्सेखोला र मुस्ताङको मार्फाखोलामा बाढीका कारण सडक अवरुद्ध बनेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सडक विभाग र ठेकेदार कम्पनीका डोजर परिचालन गरेर पहिरो पन्छाइएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन लगायत जनप्रतिनिधी र प्रहरीहरु आफ्नो क्षेत्रमा पहिरो पन्छाएर यातायात सञ्चालनमा खटिनुभएको थियो ।

पानी पर्न छाडेपछि खोलाहरुमा बाढीको सतह घटेर यातायात सञ्चालन हुन थालेका छन् । बिच सडकमै रोकिएका सवारी साधनहरु गन्तब्यतर्फ लागेका छन् । सडक अवरुद्ध हुँदा यात्रुले सवारी साधन परिवर्तन गरेर गन्तब्यमा पुग्नुपर्ने बाध्यता थियो ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिरोले ठाउँ ठाउँमा अवरुद्ध हुँदा मुस्ताङको पर्यटन व्यवसायमा असर परेको छ । विगतका वर्षमा दशै लगत्तै घुम्न आएका पर्यटकले भरिभराउ हुने म्याग्दी र मुस्ताङका होटल सुनसान छन् ।

आवत जावतका साथै मुस्ताङमा उत्पादन भएको स्याउ, आलु लगायत कृषि उपज निकासी र निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान ढुवानी प्रभावित भएको छ । बेनी–जोमसोम सडकले म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई पनि राष्ट्रिय राजमार्गसँग जोड्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...