एकिकृत समाजवादी म्याग्दीका उपाध्यक्ष शर्मा दुई दिनदेखि सम्पर्कविहीन

Gandaki Ghumau

एकिकृत समाजवादी म्याग्दीका उपाध्यक्ष हेमराज शर्मा विगत दुई दिनदेखि सम्पर्कविहीन भएका छन्। म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौर स्थायी घर भई हाल काठमाडौं  महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय शर्मा आइतबार साँझ चार बजेदेखि बेपत्ता भएका हुन्।  

सामाजिक एवम् राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासी सम्पर्कविहिन भएपछि परिवारका सदस्यले खोजीकार्यका लागि अपिल गरेको पार्टीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए। ‘खेजीकार्यमा सबैले सहयोग गर्नुहोला,‘हामीले आफ्ना तर्फबाट सबै तिर जानकारी गराएका छौ’ अध्यक्ष विश्वकर्माले भने।  

Gunasthariya Shiksya

उता घर परिवारमा पनि कुनै झैझगडा मनमुटाव नरहेको तर केही आत्तिएको जस्तो भने देखेको छोरा बिबेक शर्माले बताए। ‘हामी घरमा राम्रोसँगै कुराकानी गरेका थियौ,‘बुबाले केही असहज महसुस गर्नुभएको थिएन’छोरा शर्माले भने। आइतबार रातीसम्म आफन्तहरु समेत सोधपुछ गर्दा कुनै अत्तोपत्तो नभएपछि खोजि कार्यका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको छ।  Nagariknews

Shreekrishna
https://platform.twitter.com/widgets/follow_button.7dae38096d06923d683a2a807172322a.en.html#dnt=false&id=twitter-widget-0&lang=en&screen_name=nagarik_news&show_count=false&show_screen_name=true&size=m&time=1665388677187
Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...