बेनीमा अटोरिक्सा सञ्चालनको तयारी

Gandaki Ghumau

बेनी,। म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनको तयारी भएको छ ।

बेनी बजार र आसपासका क्षेत्रमा छोटो दुरीको यातायात सेवाका लागि अटोरिक्सा सञ्चालनका लागि रुट परमिट जारी गर्ने प्रक्रिया अघि बढाएको बेनी नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुरत केसीले कार्यपालिकाबाट अटोरिक्सा सञ्चालन सम्बन्धी कार्यबिधी बनाएर व्यवसायीलाई दर्ताका लागि सूचना जारी गर्न लागिएको जानकारी दिनुभयो ।

“नगरपालिकालाई अटोरिक्सा सञ्चालनका लागि रुट परमिट जारी गर्ने अधिकार छ,” उहाँले भन्नुभयो “सोही व्यवस्था अनुसार नगरवासीलाई सहज यातायात सेवाका लागि अटोरिक्साको रुट परिमिट खुलाउन लागिएको हो ।”

Shreekrishna
Gunasthariya Shiksya

पहिलो चरणमा २० वटा अटोरिक्साको अनुमति दिन लागिएको नगर प्रमुख केसीले बताउनुभयो । प्रभावकारी भएमा संख्या थपिने उहाँले बताउनुभयो । केसीको अनुसार बेनी बजार भित्र, बेनी–गलेश्वर, बेनी–तातोपानी, बेनी–रत्नेचौर रुटमा अटोरिक्सा सञ्चालनका लागि रुट परमिट दिन लागिएको हो ।
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले कार्यपालिकाले अटोरिक्सा व्यवस्थापन कार्यविधी बनाएको र रुट परमिटका लागि सूचना जारी गर्ने तयारी भएको बताउनुभयो । अटोरिक्सा चलाउने लाइसेन्स भएकाले रुट परमिटका लागि आवेदन दिन पाउनेछन् ।

परिमिट जारीभएपछि भाडादर निर्धारण गरिनेछ । अटोरिक्सा सञ्चालन भएपछि छोटो दुरीका यात्रुलाई आवत जावतमा सहज हुने अपेक्षा गरिएको छ । बेनी–तातोपानी सडक कालोपत्र भएको छ । बेनी–रत्नेचौर सडक कालोपत्रलाई पूर्णता दिन लागिएको छ ।

बेनी–गलेश्वर सडक स्तरोन्नति र विस्तारका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हालै ठेक्का प्रस्ताव आव्हान गरेको छ । बेनी बजारको अस्पताल चोक देखि मंगलाघाट आवत जावत गर्न आफ्नै सवारी साधन नभएका सर्वसाधारणलाई पैदलयात्रा गर्नुपर्ने बाध्यता छ ।

रत्नेचौर, खबरा, डम्मरा, चुत्रेनी, बगुवाखोला, सिंगा, ठुलोखोला, राक्से, तातोपानीका बासिन्दा बेनी आउन जान लामो दुरीका सवारी साधन प्रयोग गर्नुपर्छ । भनेको समयमा सवारी साधन नपाउने समस्या छ । विद्युतीय हुने भएकाले अटोरिक्साको भाडा पनि सस्तो हुने बताइएको छ । रोजगारी पनि सिर्जना हुनेछ् । म्याग्दीमा हालसम्म अटोरिक्सा सञ्चालनमा छैन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...