नाग्लीवाङमा माओवादीको प्रशिक्षण

Gandaki Ghumau

बेनी, १२ असोज । जलजला गाउँपालिका–८ नाग्लीवाङमा बुधबार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कार्यकर्ता प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी तथा दिपावली पर्वको शुभकामना आदानप्रदानका साथै अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी माओवादीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गुप्त बहादुर हमालले माओवादी आन्दोलनका कारण आएको राजनीतिक परिवर्तनको लाभ नागरिकले पाउन माओवादीकै नेतृत्वमा राज्य सञ्चालन हुनुपर्ने सन्देश सहित जनताको घरदैलोमा गएर आसन्न चुनावको तयारी गर्न आग्रह गर्नुभयो ।

Gunasthariya Shiksya

प्रदेश सचिबालय सदस्य मनरुपा सुवेदी, प्रदेश सदस्यहरु लोकराज आचार्य, दुर्गा दर्जी र जलजला पार्टी अध्यक्ष तथा निर्बाचित उपाध्यक्ष दिपक आचार्य, पार्टी सचिब तथा निर्बाचित जिल्ला सम्मन्वय उप प्रमुख सोम जि सि, उद्योग व्यापार संगठन गण्डकी प्रदेश कोषाध्यक्ष गोकुल कडेल, इन्द्र खडका लगायतले राजनीतिक स्थिरता, शुसासन, सम्बृद्धी, दिगो विकास, संविधानको रक्षा, विधिको शाषन र राजनीतिक उपलब्धीको संरक्षणका लागि बनेको गठबन्धनलाई आगामी चुनाबमा सफल पार्न माओवादी कार्यकर्ताहरुलाई इमान्दारिताका साथ लाग्न आग्रह गर्नुभयो ।

Shreekrishna

माओवादीका वडा कमिटि अध्यक्ष गगनबहादुर महतको अध्यक्षता, सल्लाहकार धनबहादुर केसीको सञ्चालन र सचिव राजेन्द्र परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नेता हरु बाट शुभकामना दिने कार्यक्रम को अध्यक्ष वाडा कमिटी का अध्यक्ष गगन बहादुर महत स्वागत सल्लाहकार धन बहादुर के सि संचालन सह सचिब राजेन्द्र परियारले गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...