नवौ राष्ट्रिय खेलकुदको तिब्रताका साथ तयारीमा जुट्यो म्याग्दी

Gandaki Ghumau

बेनी, । म्याग्दीमा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।

असोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुदैछ । जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मतसँगै व्यवस्थापकीय तयारी तिब्र बनाएको जनाएको छ ।

समितिका अध्यक्ष दिनेश केसीले भलिबल सञ्चालन हुने बेनीको खुल्ला मञ्च खेलमैदानमा रंगरोगन गर्ने काम भैरहेको र बुधबार देखि खेलमैदान सम्माउने काम शुरु हुने जानकारी दिनुभयो ।

Shreekrishna

“म्याग्दीमा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अवसरलाई सफल बनाउन सरकारी निकाय र समुदायबाट उत्साहजनक तयारी गरेका छौ,” उहाँले भन्नुभयो “पूर्वाधार निर्माणसँगै खेलाडीहरुको आवास र प्रशिक्षण स्थल व्यवस्थापनमा जुटेका छौ ।”

Gunasthariya Shiksya

प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले म्याग्दीमा अन्य जिल्लाको तुलनामा तयारी उत्साहजनक रुपमा अघि बढेको बताउनुभयो । राखेपका सदस्य गुरुङको टोलीले मंगलबार बेनीको खेलमैदान अनुगमन र जनप्रतिनिधी, सुरक्षा निकाय र खेलकुद विकास समितिका पदाधीकारीसँग छलफल गरेको थियो ।

सदस्य गुरुङले प्रतियोगिताका लागि पूर्वाधार तयार पार्न राखेपले थप बजेट पठाउने बताउनुभयो । खेलकुद विकास समितिलाई प्रतियोगिताको तयारीका लागि राखेपले रु. पाँच लाख पठाएको छ ।

बेनी नगरपालिकाले बिनियोजन गरेको रु. तीन लाख बजेटबाट तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने कालीपुल कवर्डहलमा पंखा जोड्ने, शौचालय र सयनकक्ष मर्मत तथा कवर्डहल अगाडी ढलान भैरहेको खेलकुद विकास समितिका अध्यक्ष केसीले बताउनुभयो । खेलाडी, प्रशिक्षक र व्यवस्थापनका लागि ११ वटा टिमका ६१७ जना आउने उहाँले बताउनुभयो ।

होटल व्यवसायीहरुसँग छलफल गरेर आवास व्यवस्थापनको काम एक, दुई दिनमो टुङ्गो लगाइने खेलकुद विकास समितिले जनाएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयले अतिथि सत्कार, सरसफाई, झाँकी प्रर्दशनीका लागि विभिन्न उपसमिति बनाएर तयारी गरेका छन् ।
“म्याग्दीमा राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने ऐतिहाँसिक अवसरले हामीलाई उत्साहित बनाएको छ,” बेनपा–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले भन्नुभयो “हाम्रै वडामा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट आउने खेलाडी, प्रशिक्षक, अफिसियल अतिथि, खेलप्रेमीलाई आतिथ्यताका लागि उपसमिति बनाएका हौ ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...