मुख्य न्याधिवक्ताको टोलीद्धारा म्याग्दी कारागार अनुगमन

Gandaki Pardesh notice

बेनी । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाको टोलीले शनिबार बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार शाखाको अनुगमन गर्नुभएको छ ।

न्याधिवक्ता बास्तोलाको नेतृत्वमा न्याधिवक्ता गोविन्द गिरी, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, प्रहरी नायव उपरीक्षक तिलक भारती लगायतको टोलीले कारागारको भौतिक अवस्था अनुगमनका साथै कैदी बन्दीहरुसँग अन्तरक्रिया गर्नुभएको थियो ।

कारागारका जेलर धिरेन्द्रराज पन्तले २५ जना महिला र ९ जना महिलाको क्षमता रहेको कारागारमा हाल १९ जना थुनुवा सहित ८३ जना पुरुष र दुई जना महिला कैदीबन्दी रहेका जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

खानेपानी, पुस्तकालय, मुढा बुन्ने व्यवसाय र वार्षिक रुपमा सिपमुलक तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । जेलर पन्तका अनुसार कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी दुई वर्षदेखि खाली भएको र आफ्नै सवारी साधन नहुँदा कैदी बन्दीलाई बिरामी हुँदा अस्पताल, बयानका लागि अदालतमा लैजान ल्याउन समस्या भएको बताउनुभयो ।

चौकीदार कैदी नाइके बसन्त रोकाले कारागारमा दरबन्दिका स्वास्थ्यकर्मी र गाडीको व्यवस्था गर्नुपर्ने बताउनुभयो । कैदीबन्दीहरुले फैसलामा ढिलाई भएको, कारागार सम्बन्धी विधेयक छिटो कार्यान्वयनमा ल्याउन, वैतनिक वकिलको सेवालाई सहज र प्रभावकारी बनाउन माग गरेका थिए ।

न्यायाधिवक्ता बास्तोलाले पूर्वाधारको कमी देशभरका कारागारको समस्याका रुपमा देखिएको बताउदै स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न प्रदेशको मन्त्रालय मार्फत पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । अनुगमनको प्रतिवेदन बनाएर महान्याधिवत्ताको कार्यालय मार्फत संघीय सरकारलाई सुझाव दिइने उहाँले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...