मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ

Gandaki Pardesh notice

बेनी । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो ।

Bhautik ministry notice about road

गण्डकी प्रदेशको राजधानी पोखरादेखि बागलुङ, म्याग्दी र मुस्ताङ भित्र्ने मूख्य नाका मालढुङ्गामा चेकजाँचको क्रममा लागु औषध सहित उनिहरुलाई पक्राउ गरिएको जनाएको छ ।
बागलुङ नगरपालिका लहरेपिपल बस्ने २५ वर्षीय सुजन नेपाली, रातमाताका १८ वर्षीय दिलिप क्षेत्री, गुठीका २५ वर्षीय विशाल विका, तित्याङका २५ वर्षीय अर्जुन विक र कमल नेपालीलाई पक्राउ गरिएको मालढुङ्गा अस्थायी प्रहरी पोष्टका ईञ्चार्ज श्यामबहादुर कुमालले जानकारी दिनुभयो ।

उनिहरुको साथबाट नर्फिन २४ थान, डाइजापाम २१ थन, फेरागन २३ थान बरामद भएको छ । शरिर भित्र लुकाएर लागु औषध राखेको भेटिएको थियो । पक्राउ परेका ५ जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कुश्मा पठाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...