बेनी बोर्डिङ कप शनिवारदेखि

Gandaki Pardesh notice

बेनी,। ११ औ बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ ।
बेनी वोर्डिङ स्कुलमा रहेको युवा रेडक्रस सर्कलद्वारा आयोजित प्रतियोगिताको शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले उद्घाटन गर्नुभयो । प्रजिअ रानाले विद्यालय तहमा आयोजना हुने प्रतियोगिताले विद्यार्थीहरुको खेल प्रतिभाको प्रहिचान गर्न सहयोग पुग्ने बताउनुभयो ।

बेनीको खुलामञ्चमा असोज १० गतेसम्मसंचालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न १३ वटा विद्यालयले सहभागिता जनाएका छन । आधारभुत तहको कक्षा ८ सम्मका विद्यार्थीहरु सहभागी हुने प्रतियोगितामा विजेता विद्यालयलाई नगर रु २० हजार ट्रफि मेडल, प्रमाणपत्र र उपविजेता विद्यालयलाई रु १० हजार ट्रफि मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत प्रतियोगिताका कार्यक्रम संयोजक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

विद्यालयका प्रवन्ध निर्देशक सनम बानियाँले विद्यालयले आधारभुत तहका विद्यार्थीहरुलाई लक्षित गरि सञ्चालन गर्दै आएको यस प्रतियोगिताले फुटवल खेलाडी उत्पादन र फुटवलतर्फ विद्यार्थीहरुको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

Shreekrishna hardwear in news

कार्यक्रममा व्याव्सन म्याग्दीका अध्यक्ष हिरा पुन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, बेनी नगरपालिका वडा नम्वर ७ का अध्यक्ष रमेश श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयका शिक्षक विसाल खत्रीले संचालन गर्नुभएको कार्यक्रममा प्रीन्सिपल मोहन अधिकारीले स्वागत गर्नुभएको थियो भने विद्यार्थीहरुद्वारा नृत्य प्रस्तुत गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...