संविधान दिवसको अवसरमा पाँच दलीय गठबन्धनको दिप प्रज्वलन

Gandaki Kotihome

बेनी, । संबिधान दिवस २०७९ को अवसरमा सोमबार बेनीमा सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुले दिप प्रज्वलन गरेका छन् ।

बेनीको सहिद स्तम्भ चोकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्यि जनमोर्चाका नेता कार्यकर्ताहरुले दिप प्रज्वलन गरेका हुन् ।

सो कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा संबिधानसभा सदस्य रेशमबहादुर बानियाले जनताका प्रतिनिधी आफैले लेखेको संबिधानको रक्षा गर्दै देश विकास, आर्थिक सम्बृद्धी, शुसासनका लागि आगामी निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

वाइसीएल म्याग्दीका अध्यक्ष सन्दिप खत्रीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेसका सभापति खम्बिर गर्बुजा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जनता समाजवादी पार्टीका देवेन्द्र कामी लगायत सहभागी हुनुभएको थियो ।

गण्डकी प्रदेशसभा सदस्य विनोद केसी, काँग्रेसका जिल्ला उपसभापति हरिकुमार श्रेष्ठ, केवी भण्डारी, माओवादीका प्रदेश सहसचिव टेकबहादुर बिक, काँग्रेसका जिल्ला सचिव भरत रकाल, माओवादीका प्रदेश सदस्य तथा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामीछाने लगायत नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

संबिधान दिवसको अवसरमा नेपाली काँग्रेसको पार्टी कार्यालयमा शनिबार बिहान गठबन्धनमा आवद्ध दलका नेताहरुबीच चियापान भएको थियो । स्थानीय तह चुनावपछि गठबन्धनमा आवद्ध दलहरु आसन्न निर्वाचनमा तालमेल हुने भएपछि नजिकिएका छन् । छलफलपछि नेताहरुले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै आसन्न चुनावमा गठबन्धनको पक्षमा नतिजा ल्याउन संयुक्त कार्यक्रम बनाएर कार्यकर्ताकहाँ जाने बताएका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...