म्याग्दीका २१ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट

Gandaki Kotihome

बेनी, म्याग्दीका २१ वटा विद्यालय चालु आर्थिक वर्ष २०७९÷८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट भएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ भदौ २९ गतेको मन्त्री स्तरीय निर्णयबाट देशभर कार्यक्रम सञ्चालन हुने विद्यालयहरुको विवरण सार्वजनिक गरेको थियो । जस अन्तरगत म्याग्दीका २१ वटा विद्यालयले भौतिक तथा शैक्षिक सुधारका लागि रु. पाँच करोड ५३ लाख बजेट प्राप्त गरेका हुन् ।

६ वटा विद्यालयमा ४ कोठे भवन, ७ वटामा २ कोठे र १२ वटामा सूचना प्रविधि प्रयोगशाला स्थापनाका लागि छनौट भएका हुन् । ४ कोठे भवनका लागि रु. ५० लाख, २ कोठेलाई रु. २५ लाख र सूचना प्रविधि प्रयोगशालाका लागि रु. ६ लाख पचास हजारका दरले बजेट बिनियोजन भएको छ ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

रघुगंगा गाउँपालिका–२ को मुक्तिधाम मावि, मालिका–२ रुमको राष्ट्रिय मावि, अन्नपूर्ण–१ दोवाको कैलाश मावि, धवलागिरी–७ धारापानीको किसानी चन्द्रकुन्ता मावि, मंगला–१ कुहुँको दिपशिखा मावि, बेनी नगरपालिका–७ को प्रकाश माविले ४ कोठे भवन योजना पाएका छन् ।
दुई कोठे भवनमा छनौट हुने विद्यालयमा बेनी नगरपालिका–७ को बेनी सामुदायिक मावि, बेनपा–४ को धवलागिरी मावि, मंगला–४ बरंजाको महेन्द्ररत्न आधारभूत, धवलागिरी–७ को ताकम मावि, अन्नपूर्ण–५ को पाउद्धार मावि, मालिका–६ को मालिका आधारभूत र रघुगंगा–३ को रघुगंगा मावि छन् ।

रघुगंगा–३ को ज्ञानोदय मावि, रघुगंगा–१ को महादेव मावि, मालिका–३ को अमरज्योति मावि, मालिका– ७ बिमको किसानी मावि, अन्नपूर्ण–७ रिमाको आदर्श मावि, अन्नपूर्ण–६ घारको मुक्तिमार्ग मावि, धवलागिरी–४ खिवाङको चन्द्रज्योती मावि, धवलागिरी–७ को हेम मावि, मंगला–२ को सिद्धशान्ति मावि र मंगला–१ को राष्ट्रिय जनजागृति माविले सूचना प्रविधि प्रयोगशालाको कार्यक्रममा छनौट भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वित्तीय हस्तान्तरण गरेपछि स्थानीय तह मार्फत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुने कार्यबिधि छ । सामुदायिक विद्यालयको पूर्वाधार र सूचना प्रविधिको पहुँच विस्तारमा कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ । मन्त्रालयले गत साउन महिनामा कार्यक्रममा समावेश हुन चाहने विद्यालयहरुबाट प्रस्ताव संकलन गरेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...