मोटरसाइकलमा आगजनी

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका–८ कालीपुलमा शुक्रबार राती पार्किङ्ग गरेर राखेको मोटरसाइकलमा आगजनी भएको छ ।

कालीपुल देखि पर्वतको जलजला गाउँपालिकाको बगरफाँट जोड्ने झोलुङ्गे पुल नजिकै राखिएको ग ७ प ७२७१ नम्बरको अपाचे मोटरसाइकल आगजनीबाट जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

Bhautik ministry notice about road

राती ९ः५५ बजेको समयमा मोटरसाइकलमा आगो लागेको थियो । आगोलागीबाट नजिकै रहेको अर्को ध २ प ३८३१ नम्बरको मोटरसाइकलमा पनि क्षति पुगेको छ । आगोलागीको कारण र संलग्नको खोजजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Shreekrishna hardwear in news

बेनी जोमसोम सडकको प्रवेशविन्दुमा पर्ने सो पुलको छेउमा बगरफाँटका बासिन्दाले मोटरसाइकल पार्किङ गरेर राख्ने गर्छन् । वारीबेनी हुदै बगरफाँट जोड्ने सडक पहिरोले एक वर्ष भन्दा बढी समयदेखि अवरुद्ध भएकाले बगरफाँटका बासिन्दा यातायात सुविधाबाट बञ्चित भएका छन् । आगोलागीको घटनाले बगरफाँटबासिलाई झस्काएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...