सामुदायिक वन उपभोक्ता महासंघको १७ बुदे ‘म्याग्दी घोषणापत्र’ जारी

Gandaki Pardesh notice

बेनी, सामुदायिक वन उपभोक्ता महासंघको बिहिबार बेनीमा सम्पन्न आठौ बैठकले १७ बुदे ‘म्याग्दी घोषणापत्र’ जारी गरेको छ ।

वन तथा वातावरणसँग सम्बन्धित नीतिगत समस्या समाधानका लागि तिनै तहका सरकारको ध्यानाकर्षण गराउन बैठकले घोषणापत्र जारी गरेको हो । महासंघका अध्यक्ष भारती पाठकले सामुदायिक वनको चुनौति तथा सवालहरुको सम्बोधनका लागि तीन तहका सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराउन घोषणापत्र जारी गरिएको बताइन् ।

‘वन ऐन र संविधानमा भएको व्यवस्था विपरित उपभोक्ताको अधिकार कटौती हुने तथा समावेशी सिद्धान्त विपरित ल्याइएको वन नियमावली २०७९ संसोधन गर्न सरकारसँग माग गर्दछौ,’ उनले भनिन् ‘नाफामुखी कम्पनीहरुको प्रभावमा वन क्षेत्रलाई भाडामा लगाउने व्यवस्थाप्रति महासंघको ध्यानाकर्षण भएको छ ।’

Shreekrishna hardwear in news

महासंघले म्याग्दी लगायत गण्डकी प्रदेशका लमजुङ, मनाङ, कास्की र मुस्ताङमा सञ्चालित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लगायत संरक्षण क्षेत्र समुदायमा हस्तान्तरण गर्न माग गरेको छ । राजनीतिक दलहरुलाई आसन्न प्रतिनिधी र प्रदेशसभा निर्वाचनको घोषणापत्रमा सामुदायिक वनको मुद्दालाई समावेश गर्न ध्यानाकर्षण गराएको छ ।

संरक्षित र मध्यवर्ती क्षेत्र विस्तार गर्ने कार्य रोकेर वनको उपभोगमा समुदायको सहज पहुँच बनाउन तथा मानव र वन्यजन्तुको द्धन्द न्युनीकरणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न माग गरिएको अध्यक्ष भारतीले बताइन् ।

Bhautik ministry notice about road

वनको दिगो व्यवस्थापनका माध्यमबाट वन पैदावारको उत्पादकत्व बढाई काठ आयात घटाउन र आत्मनिर्भर बनाउने नीति बनाउन सरकारलाई सुझाव दिएको छ । बैठकमा सहभागिहरुले विदेशबाट वार्षिक रु. २० अर्ब मूल्य बराबरको काठ आयात हुने तर नेपालका जंगलमा अनुकुल नियमको अभावमा खर्बौ मूल्यका काठ कुहिएर खेर जाने अवस्था अन्त्य गर्नुपर्ने बताएका थिए ।

सामुदायिक वनले जडवुटी व्यवस्थापन गर्ने अधिकार दिनुपर्ने, निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, वातावरण संरक्षण क्षेत्र र मध्यवर्ति क्षेत्रमा समुदायको अधिकार सुनिश्चितताका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ खारेज गरेर नयाँ कानुन बनाउन माग गरेको छ । वन पैदावार निकासीमा दोहोरो, तेहोरो कर तिर्नुपर्ने अवस्था हटाउन र सहज रुपमा स्थायी लेखा नम्बर उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने महासंघका अध्यक्ष भारतीले बताइन् ।

जलवायु परिवर्तनका कारण नेपालको हिमाल, जैविका विविधता र समग्र पर्यावरणमा परेको प्रभाव न्युनीकरणमा समुदाय परिचालन गरेर हिमालय बचाउ अभियान सञ्चालन गर्न आव्हान गर्दै कार्वन ब्यापार वापत सरकारले पाएको रकम सामुदायिक वन समूह मार्फत परिचालन गर्नुपर्ने महासंघले बताएको छ ।

विकास आयोजनाका लागि सामुदायिक वनको जग्गा उपभोग गर्दा वन समूहलाई क्षतिपुर्ति, कटान गरिएका काठ, शेयर तथा लाभमा हिस्सेदार हुन पाउनुपर्ने र सञ्चालक समितिमा समूहको प्रतिनिधित्व हुने व्यवस्था गर्न महासंघले माग गरेको छ ।

वन पैदावारमा आधारित लघु घरेलु उद्योग र सामुदायिक वन उद्यम सहकारी संस्थाको विकासमा सामुदायिक वनले गर्दै आएको योगदानको कदर गर्दै यस्ता उद्यम स्थापना र सञ्चालनमा विद्यमान रहेको हानुन अवरोध हटाएर स्वदेशी काठ सदुपयोगलाई प्रर्वद्धन, कृषि वन कार्यक्रम सञ्चालन, वनलाई रैथाने खाद्य सुरक्षाको माध्यम बनाउन, चरीचरन सम्बन्धी आदिवासी समुदायको पुख्यौली अभ्यासको सम्मान गर्ने माग गरेको छ ।

बैठकमा महासंघका केन्द्रिय तथा सातै प्रदेशका पदाधीकारी, कार्यसमिति सदस्य, म्याग्दी, बागलुङ र पर्वतको जिल्ला समितिका पदाधीकारीहरुको उपस्थिति थियो । सामुदायिक वन उपभोक्ता महासंघ म्याग्दीको आतिथ्यतामा भएको बैठकमा १०० जना भन्दा बढीको सहभागिता रहेको महासंघका सचिव ठाकुर भण्डारीले बताए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...