धवलागिरी र मालिकामा बाल दिवस

Gandaki Kotihome

बेनी, । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा बुधबार ५८ औ राष्ट्रिय बालअधिकार दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तरगत संगम म्याग्दीको आयोजना, धवलागिरी र मालिका गाउँपालिकाको समन्वयमा तीन ठाउँमा दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो । यस वर्षको दिवसको नारा “बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने रहेको थियो ।

धवलागिरी गाउँपालिकाको वडा नं. ३ मुनामा गाउँपालिका उपाध्यक्ष रेशम पुन, वडा नं. ३ का वडा अध्यक्ष श्री देवेन्द्र रोका, धवलागिरी गाउँपालिकाका शिक्षा प्राविधिक सहायक ख्यामराज सुवेदी, स्रोत व्यक्ति गिरी प्रसाद छन्त्याल लगायत धवलागिरी माध्यामिक विद्यालय र धन जनता माध्यामिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीको ¥याली विभिन्न नाराका साथ मुना गाउँ घुमेर फेरी विद्यालयमा आएर समापन समारोह आयोजना गरिएको थियो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

यसै गरि धवलागिरी गाउँपालिका वडा नं. ६ मराङ्गमा उक्त वडाका वडा अध्यक्ष राजाराम सुवेदी, जन विकास मा.वि. मराङ्गका वि.व्य.स. अध्यक्ष यमन के.सी., सामुदायिक विकास परियोजनाको परियोजना व्यवस्थापन समिति सदस्य कमला के.सी. विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुको ¥याली बाल अधिकार सम्बन्धी विभिन्न नाराका साथ मराङ्गको गाउँ घुमेर जनविकास मा.वि.को प्राङ्गगनमा आएर समापन समारोह आयोजना गरिएको थियो ।

मालिका गाउँपालिका वडा नं. २ रुममा ¥याली आयोजना गरि कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा राष्ट्रिय मा.वि. रुमका शिक्षक, विद्यार्थी, वि.व्य.स. को उत्साह पुर्न सहभागिता थियो भने कार्यक्रममा सहभागिलाई प्रोत्सहान गर्न मालिका गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष उदयकुमार बुढाथोकी, वडा सदस्य प्रतिक्षा वि.क. लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको व्यवस्थापन सामुदायिक विकास परियोजनाका सामुदायिक सहजकर्ता प्रकाश परियार, नवराज पुन, प्रतिक्षा बुढाथोकी, सपना रसाइली र धवलागिरी गाउँपालिकाका सामाजिक परिचालक साथै जेटीए कुल बहादुर खत्रीले गर्नु भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...