नवौ राष्ट्रिय खेलकुद : महिला भलिबल र तेक्वान्दोको प्रतियोगिता बेनीमा हुने

Gandaki Ghumau

बेनी,। नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दो खेल सञ्चालन हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा नवौ राष्ट्रिय प्रतियोगिताका खेल सञ्चालन गर्ने स्थान छनौट गरेको हो । जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले राखेपले बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतियोगिता सञ्चालन गर्न छनौट गरेको जानकारी दिनुभयो ।

“हाम्रो माग र प्रस्ताव अनुसार राखेपले महिला भलिबल र तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने अवसर म्याग्दीलाई दिएको छ,” उहाँले भन्नुभयो “जनप्रतिनिधी, निजी, सामाजिक क्षेत्र लगायत सबै क्षेत्रको साथ र सहयोगबाट व्यवस्थित दंगले प्रतियोगिता सम्पन्न गराउने तयारीमा जुटेका छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ लगायत प्राबिधिक टोलीले विभिन्न चरणमा म्याग्दी आएर खेल सञ्चालनका लागि सम्भावना अध्ययन र सरोकारवालासँग छलफल गरेका थिए । खुल्ला मञ्च खेलमैदानमा महिला भलिबल र कालीपुलको कवर्डहलमा तेक्वान्दोको प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

खेलमैदानको तयारी र कवर्डहल मर्मत थालिएको खेलकुद विकास समितिका अध्यक्ष केसीले बताउनुभयो । कवर्डहल मर्मतका लागि बेनी नगरपालिकाले बजेट व्यवस्थापन गरेको छ । म्याग्दीमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको खेल सञ्चालन हुन लागेको हो ।

प्रतियोगितामा सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली संघका ११ टिम सहभागी हुनेछन् । ५०० जना भन्दा बढी खेलाडीहरु खेल्दका लागि बेनीमा आउनेछन् । खेलकुद प्रतियोगिता सञ्चालन हुँदा बेनीमा खेल पर्यटनको पनि विकास हुने अपेक्षा गरिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...