बेनपा ७ को ‘कपडा बैङ्क’लाई जेसिजको सहयोग

Gandaki Ghumau

बेनी, । म्याग्दी जेसिजले बेनी नगरपालिका वडा नम्बर ७ ले स्थापना गरेको ‘कपडा बैंक’लाई सहयोग गरेको छ ।

जेसिजका शाखा अध्यक्ष सन्दिप खत्रीको नेतृत्वको टोलीले वडा अध्यक्ष रमेशुकमार श्रेष्ठलाई आइतबार १०० थान भन्दा बढी कपडा उपलब्ध गराएको हो ।

जेसिजका सुनिता बेल्वासेको संयोजकत्वमा समिति बनाएर पदाधीकारी, सदस्य र बजारका ब्यापारीहरुबाट प्रयोग गर्न योग्य तर उपयोग नभएका कपडा संकलन गरिएको थियो ।

Shreekrishna

घरमा प्रयोग नभएका लत्ताकपडा संकलन गरी खरीद गर्न नसक्ने गरीब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयमा कपडा बैंक स्थापना भएको थियो । कपडा बैंकबाट प्राकृतिक विपत्तिमा परेका, बेवारिसे अवस्थामा भेटिएका, गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

Gunasthariya Shiksya

वडा अध्यक्ष श्रेष्ठले ‘कपडा बैंक’मा प्रयोग योग्य लत्ताकपडा संकलन भइरहेको बताउनुभयो । “आवश्यक गर्नेले बैंकमा आएर आफू खुसी रोजेर लुगा लान सक्छन्,” वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो “वडा लैजानेको विवरण राखिएपनि गोप्य हुन्छ । दिनेको नाम सार्वजनिक गर्छौ ।”

वडा कार्यालयमा एउटा कोठा कपडा व्यवस्थापनका लागि मात्रै राखिएको छ । म्याग्दी जिल्लाभित्र तथा आवश्यक परेमा बाहिरी जिल्लाका असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।

प्रयोग गरिसकेको वा प्रयोग विहीन अवस्थामा रहेपनि सफा र प्रयोग गर्न मिल्ने कपडा उपलब्ध गराउन सकिने वडा सचिव विनिता रेग्मीले बताउनुभयो । अभियानमा नगरकार्यपालिका सदस्यहरूले प्रतिव्यक्ति १ हजार सहयोग गरिसकेको छन् ।

विशेष गरेर चाडपर्वमा लगाउन सक्ने जाडो मौसमन जिकिंदै गर्दा विपन्न समुदायका मानिसले न्यानो कपडा अभावमा कष्ट व्यर्हाेनु नपरोस् भन्ने उद्देश्यले लत्ताकपडा संकलनलाई तिब्रता दिएका छन् । बेनी नगरपालिका वडा न ७ ले विपन्नको मृत्युपछि अन्त्येष्टिका लागि निःशुल्क दाउरा उपलब्ध गराउन थालेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...