मगर र विद्यार्थी संघमा नयाँ नेतृत्व चयन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । नेपाल मगर संघ म्याग्दी र मगर विदार्थी संघको शनिबार नयाँ कार्यसमिति चयन भएको छ ।

मगर संघको बेनीमा सम्पन्न आठौ जिल्ला अधिवेशनबाट लोकबहादुर पुन (लोकेश)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा खम थापा, सचिव हिराबहादुर पुन, कोषाध्यक्ष विष्णुकुमारी रोका र सह–सचिवमा रमेश फगामी चयन हुनुभएको छ ।

सदस्यहरूमा हिराबहादुर पुन, तिलक पुन, अंकित पुन, मिलन रोका, टकसरा राना, रामदेवी पुन, निरज शेरपुञ्जा, एकजित रोका, देव राना, लालमायाँ पुर्जा, धनबहादुर रोका, राजेन्द्र जुग्जाली, बिजय घर्ती चयन हुनुभएको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

यसैगरी नेपाल मगर विद्यार्थी संघको नवौ अधिवेशनबाट दलबहादुर रोकाको अध्यक्षतामा चयन भएको कार्यसमितिको उपाध्यक्षमा भरत अर्मजा, सचिवमा ज्योति पुन, सहसचिवमा रविना पुन, कोषाध्यक्षमा लक्ष्मी पुन चयन भएको छ ।

लिला पूर्जा, दिवाना पूर्जा, थबहादुर पुन, मनु थापा मगर, समिता थापा मगर, जिना पुन मगर, मेघना गर्बुजा, एन्जल पुन, रोशन फगामी, रेश्मीका रोका, सोनी घर्ती, सिन्धु पुन र रेखा पुन सदस्यमा चयन हुनुभएको छ ।

सल्लाहकार मनप्रसाद थजालीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा जनप्रतिनिधिहरुको तर्फबाट मंगला गाउँपालिका वडा नं १ का अध्यक्ष एकजित रोका, विद्यार्थीतर्फबाट दलबहादुर रोका, मगर भुपु सैनिक संघको तर्फबाट थमबहादुर गर्बुजाले मन्तब्य व्यक्त गर्नुभएको थियो । मगर संघले म्याग्दीमा बाहूल्य बसोबास रहेको मगर समुदायको मौलिक कला संस्कृतिको संरक्षणका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...