भवन अलपत्र बनाउने निर्माण व्यवसायीको तस्विर सार्वजनिक गरेर बिरोध

Gandaki Ghumau

बेनी,। बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माण अलपत्र बनाउने निर्माण व्यवसायीको तस्विर सार्वजनिक गरेर बिरोध गरिएको छ ।

अनेरास्ववीयु र राष्ट्रिय युवा संघले बेनी अस्पतालको भवन निर्माणको ठेक्का लिएको महादेव खिम्ती–गल्वा–रफिना जेभीका सञ्चालकको तस्विर बेनीका विभिन्न ठाउँमा टासेका छन् ।

‘नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष तथा महादेव खिम्तीका सञ्चालक बेनी अस्पताल भवनका ठेकेदार रविसिंह श्रेष्ठ हराएको हुँदा ९८५१०३६०१४ मा सम्पर्क गरी खोजी कार्य गरिदिनुहुन अनुरोध गर्दछौ’ सिंहको तस्विर राखिएको कालो ब्यानरमा उल्लेख छ ।
अस्पतालको भवन अलपत्र पारेर सम्पर्क विहिन भएपछि सिंहको तस्विर र मोवाइल नम्बर उल्लेख गरिएको ब्यानर चोक र सार्वजनिक स्थलमा टाँसेर विरोध गरिएको अनेरास्ववीयुका केन्द्रिय सचिवालय सदस्य एवम् म्याग्दी जिल्ला इञ्चार्ज सुवास विश्वकर्माले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

तत्कालीन सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले बि.स.२०७३ मङसिर २१ गते ५० शैया क्षमताको बेनी अस्पतालको भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । महादेव खिम्तीका सञ्चालक निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवी सिंह हुनुहुन्छ ।


यो भवन बनाउने जिम्मेवारी रफिना कन्ट्रक्सनका सञ्चालक रबिन जोशीले लिनुभएको थियो । बि.स. २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । चार हजार ९६३ बर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवन निर्माणको हालसम्मको भौतिक प्रगति ७५ प्रतिशत मात्र भएको सहरी विकास भवन भवन निर्माण आयोजना बाग्लुङले जनाएको छ ।
तीन तला ढलान र दोस्रो तलासम्म पलास्टर भइसकेको भवनमा टायल राख्ने, रंगरोगन, बिद्युत, पानी र फर्निचर जडान लगायतका काम बाँकी छन् । पछिल्लो दुई वर्षयता भवन निर्माणको काम सुस्त बनेको छ । नयाँ भवन बनाउन पुरानो भत्काइएको थियो । बहिरंग कक्षको सेवा अस्थाई भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनमा सञ्चालन भएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ ।
सघन उपचार कक्ष (आइसीयु) र डायलाइसीस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ । निर्माणाधिन भवनका दुई तीन वटा कोठामा अस्थाई संरचना बनाएर मेडिकल वार्ड र सामजिक सेवा इकाई सञ्चालन गरिएको छ । भवन अभावमा आइसीयु, एमआरआई, सिटिस्क्यान सेवा बिस्तार गर्न नसकिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।
हब अस्पताल बनाउने कार्यक्रममा भवन अभावका कारण छनौट हुन नसकेको उहाँले बताउनुभयो । १५ शैया क्षमत्ताको अस्पताल २०७२ मा पचास शैयामा स्तरउन्नति भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...