नेकपा एकिकृत समाजवादी म्याग्दीका उमेद्वार सिफारिस

Gandaki Ghumau

बेनी, नेकपा एकिकृत समाजवादी म्याग्दीले प्रतिनिधीसभाको प्रत्यक्षतर्फ केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला सहइञ्चार्ज गोविन्द सुवेदी, लेखा आयोगका केन्द्रिय सदस्य याम श्रेष्ठलाई सिफारिस गरेको छ । समानुपातिकतर्फ बद्रि पुन (दिलु तिलिजा), देउप्रसाद छन्त्याल र होमबहादुर बरुवालको नाम सिफारिस भएको छ ।

Gunasthariya Shiksya

प्रदेशसभा क्षेत्र (क)को प्रत्यक्षतर्फ नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा र उपाध्यक्ष हेमराज शर्मा, समानुपातिकतर्फ मुना बानिया, दुर्गा कार्की र डम्बर पुर्जा सिफारिस हुनुभएको छ । प्रदेशसभा क्षेत्र (ख)मा प्रत्यक्षतर्फ जयन्द्र केसी, अनुप गौचन, ममता जुग्जाली, समानुपातिकमा रुद्र किसान, बमबहादुर पाईजा र कल्पना सापकोटा सिफारिस हुनुभएको छ ।

बेनीमा शनिबार बसेको नेकपा एसको बैठकले सत्तासाझेदार पाँच दलीय गठबन्धनमा सिट बाडफाडका क्रममा म्याग्दीका प्रतिनिधीसभाको एक र प्रदेशसभाको दुई वटा मध्य एक वटा सिटमा उमेद्वारी दिने गरी दावी गर्न प्रदेश र केन्द्रिय कमिटिलाई आग्रह गर्ने निर्णय गरेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...