प्रदेश सांसदको उमेद्वार बन्न एमाले म्याग्दीमा २५ जना आकाक्षी

Gandaki Ghumau

बेनी, नेकपा एमालेबाट आसन्न चुनावमा प्रदेशसभा सदस्यको उमेद्वार बन्न २५ जना आकाक्षी देखिएका छन् । शनिबार भएको प्रदेशसभा स्तरीय बैठकमा प्रत्यक्ष र समानुपातिक तर्फबाट उमेद्वार बन्न इच्छुकहरुले दावी प्रस्तुत गर्नुभएको हो ।

नेकपा एमालेबाट प्रदेशसभा क्षेत्र (क)मा प्रत्यक्षतर्फको उमेद्वारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरु सन्तोष रावल, किरण सापकोटा, लोक भण्डारी, नारायण जिसी, हेमुकमारी पुन, शिवकुमार बरुवाल, प्रकाश पौडेल र बेलबहादुर चोखालले दावी पेश गर्नुभएको छ ।

Gunasthariya Shiksya

समानुपातिकतर्फ बिष्णु गुरुङ, गणेशबहादुर बानिया, जिवन विक, जफर हुसेन, खड्ग गिरी, यामकुमारी गर्बुजा र सिवानी ल्वागनले दावी गर्नुभएको एमाले म्याग्दीको निर्वाचन समितिका रामप्रसाद सुवेदीले बताउनुभयो । यसैगरी प्रदेशसभा क्षेत्र (ख)को प्रत्यक्षतर्फ एमालेका गण्डकी प्रदेश अध्यक्ष तथा संबिधानसभा सदस्य नवराज शर्मा, प्रदेश कमिटि सदस्य रामचन्द्र गौतम, नेताहरु यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यसोदा रोकाले दावी गर्नुभएको छ ।

Shreekrishna

समानुपातिकतर्फ खरमाया बिटालु, सिर्जना केसी, सिता गुरुङले दावी गर्नुभएको छ । प्रदेशसभाको क्षेत्रले सिफारिस गरेका, प्रतिनिधीसभाको प्रत्यक्ष र समानुपातिकका आकाक्षीहरुको नाम सोमबार बस्ने जिल्ला कमिटि बैठकमा पेश र छलफल हुने एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र केसीले बताउनुभयो । प्रतिनिधीसभाको प्रत्यक्ष र समानुपातिकका आकाक्षीहरुले भने सोमबारको बैठकमा उमेद्वारको दावी प्रस्तुत गर्नेछन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...