जथाभावी भिडियो सम्प्रेषण गर्ने युट्युबमाथि काउन्सिलको नजरः एकवर्षमा ३४ च्यानल साइबर ब्युरोमा

Gandaki Ghumau

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ ।

काउन्सिलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव बिथोल्ने, जातिय एवं धार्मिक सहिष्णुता खल्बलाउने किसिमका सामग्रीहरू सम्प्रेषण गर्ने Birgorkhali(वीरगोर्खाली) नामक युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको जनाएको हो । उक्त च्यानलले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसहितलाई आधारहीन आरोप र गालीगलौज सहितको सामग्री सम्प्रेषण गरेको थियो ।

‘बाफ्रे नेता देशको कत्ति सत्रु, मरेपछि पनि भ्रष्टाचार गरिरहने योजना’ शीर्षकमा अधिकांश राजनीतिक दलका नेताहरूलाई गालीगलौज गरी घृणास्पद अभिव्यक्ति÷सामग्री राखेको उक्त युट्युब च्यानल कारबाहीमा परेको हो । नियमित समाचारजन्य सामग्री सम्प्रेषण गरेपनि उक्त युट्युब च्यानल समाचार माध्यमका रूपमा कतै दर्ता नभएको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

स्वअनुगमनका क्रममा युट्युबमा प्रसारित सामग्रीमा प्रस्तुतर्कताले आफ्नो व्यक्तिगत धारणा राख्दै प्रायोजित ढङ्गबाट प्रश्न गरेको, राजनीतिक दलका नेताहरूको व्यक्तिगत मानमर्दन हुनेगरी नाम उल्लेख गरी उत्तेजित बनाउने खालका प्रश्नहरू राखेको देखिएको हुँदा कारबाहीका लागि साइबर ब्युरोलाई नै सिफारिस गर्नुपरेको काउन्सिलका सूचना अधिकारी बोहराले बताउनुभयो । काउन्सिलले पछिल्लो एक वर्षमा कुनै मिडियाअन्तर्गत आबद्ध नभएका पेसागत मर्यादाविपरीत सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा सिफारिस गरेको जनाएको छ ।

दर्ता भएर सञ्चालनमा रहेका १४ वटा युट्युब च्यानललाई आचारसंहिताबमोजिम कारबाही गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । काउन्सिलले पत्रकारिताका मूल्य र मान्यताविपरित, गलत, समाजमा उत्तेजना÷अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने, अन्तराष्ट्रिय समझदारी र मित्रराष्ट्रबिच भाइचाराको सम्बन्धमा खलल पु¥याउने, अदालतमा विचारधीन अवस्थामा रहेका विषय न्यायिक निरुपणमा प्रभाव पार्ने, वैयक्तिक गोपनियता प्रतिकूल, पीडितलाई थप पीडा पुग्ने खालका सामग्री सम्प्रेषण भएका युट्युब च्यानल कारबाहीमा परेको प्रष्ट पारेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...