प्रदेश (क)मा काँग्रेसका उमेद्वार सिफारिस

khali

बेनी, । नेपाली कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्र ‘क’ ले आसन्न प्रदेशसभा सदस्य चुनावको लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । बेनीमा सोमबार भएको भेलाबाट प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्या. मिनबहादुर कार्की, क्या. डमबहादुर गर्बुजा र सामानुपातिकतर्फ बिमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएको प्रदेश सभा क्षेत्र ‘क’ ले जनाएको छ ।

khali

पार्टीेको केन्द्रिय कार्यतालिका अनुसार प्रदेशसभाबाट जिल्ला हुदै प्रदेश समितिमा पठाइने छ । उम्मेदवार सिफारिसमा प्रत्यक्षतर्फ बेनी नगरपालिकाका निवर्तमान मेयर, अन्नपूर्ण गाउँपालिकाका निर्वतमान अध्यक्ष गर्बुजाका प्रदेश सभाका सभापति छन्त्याल, निर्वतमान पार्टी सचिव रहनुभएको छ ।

त्यस्तै समानुपातितर्फ महिला संघकी अध्यक्ष गौचन, प्रदेश कार्यसमितिका सदस्य श्रेष्ठ, तरुण दल म्याग्दीका अध्यक्ष छन्त्याल र दलित अगुवा विक रहनुभएको छ । केन्द्रिय मापदण्ड अनुसार तोकिएका उम्मेदवार बाहेक धेरै आकांक्षी भए जिल्लामै मतदान प्रक्रियाबाट छनौट गर्नुपर्ने छ । यसैबीच प्रदेशसभा ख तर्फ पनि कांग्रेमा आकांक्षी धेरै छन् भने प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्षतर्फ पनि सर्वसम्मत नभए मतदान प्रक्रियाबाटै छनौट गरिने छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...