गाै बाेमबस्तमा तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न, प्रतिभा बाल क्लब प्रथम 

Gandaki Ghumau

प्रकाश अधिकारी ।

म्याग्दी । श्री गाै बाेमबस्त माध्यमिक प्रतिभा बाल क्लबद्वारा आयोजित  अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

नेपालीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा आयोजित प्रतियोगितामा गौ बोम बस्त माध्यमिक विद्यालय प्रथम भएको छ  ।   दोस्रो र तेस्रो क्रमशः श्री भीम माध्यमिक विद्यालय र श्री सिद्धार्थ बोर्डिङ स्कुल भए ।बिजेता टिमहरुले क्रमशः नगद रु ३ हजार, २ हजार , १ हजार र प्रमाणपत्र प्राप्त गरे भने सर्वोउत्कृष्ट नृत्यको पुरस्कार भीम माविका पोबिना घर्ती र निरुता घर्तीले जिते । उनिहरुले नगद रु ५ सय र प्रमाणपत्र प्राप्त भए ।  प्रथम पुरस्कार साैजन्य सुनिता पाइजा पुन दाेस्राे पुरस्कार राजमती बुढाथाेकी र तेस्राे पुरस्कार पूर्व विद्यार्थी नवीन बुढाथाेकीले गर्नुभएकाे थियाे ।  सम्पूर्ण सहयाेगीहरूलाइ बाल क्लबले सम्मान समेत गरेकाे थियाे ।

Shreekrishna
Gunasthariya Shiksya

गाै बाेमबस्त माध्यमिक विद्यालयकाे प्राङ्गणमा भएको कार्यक्रममा श्री भीम माध्यमिक विद्यालय,सरस्वती आधारभूत विद्यालय, प्रतिनर्मा आधारभूत विद्यालय , लक्ष्मी आधारभूत विद्यालय  र सिद्धार्थ बोर्डिङ स्कुलको सात समुहको सहभागीता रहेको थियो । श्यामकुमार राना, नर बहादुर विश्वकर्मा र नवीना पुनले नृत्य प्रतियोगितामा निर्णायक भूमिका निभाएका थिए ।

देबिस्थान वडा न ५ का सदस्य घन बहादुर फगामीको प्रमुख आथित्यता  र पूर्व वडाध्यक्ष पिपला बुढाथोकीको विशिष्ट आथित्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता निमित्त प्रधानाध्यापक बुद्धि बहादुर रानाले गर्नुभएको थियो ।वडा सदस्य सरिता बिक,मालिका महिला सहकारीका प्रबन्धक राजमती बुढाथोकी,   प्रतिनर्मा आधारभूत विद्यालयका प्रधानाध्यापक तीर्थ प्रसाद फगामी, लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक टेकदेबी घर्ती,सिद्धार्थ बोर्डिङका सुमन गुरुङ लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिभा बाल क्लबका अध्यक्ष बिपाशा सिउथानीले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक चेत बहादुर जिटिले गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...