स्वर्गीय कार्कीको स्मृतिमा माओवादीको शोकसभा

Gandaki Ghumau

बेनी, । नेकपा माओवादी केन्द्र म्याग्दीले बुधबार बेनपा २ बगरफाँटमा स्वर्गीय कृष्ण कार्कीको स्मृतिमा शोकसभा गरेको छ ।

माओवादीका जिल्ला सदस्य, बेनपा २ का वडा कमिटि अध्यक्ष, निर्वाचित वडा सदस्य, अनेरास्ववीयु क्रान्तिकारी र वुद्धीजिवी संगठनका पुर्व अध्यक्ष कार्कीको ५१ वर्षको उमेरमा भदौ ३ गते उपचारको क्रममा निधन भएको थियो ।

स्वर्गीय कार्कीको बगरफाँट स्थित निवासमा पुगेर उहाँप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरिएको हो । शोकसभामा माओवादीका जिल्ला सल्लाहकार चन्द्रबहादुर घिमिरेले राजनीतिको अलावा विद्यालय, सामुदायिक वन र विभिन्न उपभोक्ता समितिमा रहेर विकास निर्माण तथा सामाजिक क्षेत्रमा योगदान गर्नुभएका कार्कीले द्धन्द्कालमा नौ महिना जेल जिवन बिताउनुभएका जानकारी गराउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

माओवादीका जिल्ला समन्वय समिति संयोजक रेशम जुग्जाली, गण्डकी प्रदेशसभा सदस्य बिनोद केसी, बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने पौडेल, प्रदेश कमिटि सदस्य पदम किसान, बेनी नगर कमिटि अध्यक्ष शेरबहादुर केसी, सचिव ज्ञानेन्द्र सुवेदी लगायतको उपस्थितिमा शोकसभा गरिएको थियो ।

कार्कीको स्वर्गारोहणले पार्टी र समाजको लागि अपुरणीय क्षत्ति पुगेको बताउदै नेताहरुले परिवारलाई जस्तोसुकै अवस्थामा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...