इच्छा स्मृति पााचौ एभरग्रिन कपमा आयोजक विजयी

Gandaki Kotihome

बेनी । बेनीमा शनिबार सम्पन्न इच्छा स्मृति पाँचौ एभरग्रिन कप सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ ।

फाइनलमा मालिका युवा क्लव सहश्रधारालाई २ का विरुद्ध ३ गोल गरेर एभरग्रिनले उपाधी जितेको हो । निर्धारित ५० मिनेटको खेलमा दुवै पक्षबाट गोल हुन नसकेपछि ट्राइबेकरमा ढकेलिएको थियो ।

चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २७ समूहको सहभागिता रहेको क्लवका अध्यक्ष निराज राम्जालीले बताउनुभयो । उपाधी बिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु. ८५ हजार ५५५ र उपबिजेताले रु. ४५ हजार ५५५ प्राप्त गरे ।

Upper Myagdi transmition line notice

प्रथम पुरस्कार स्वर्गीय इच्छा भण्डारीका परिवार र दृतीय पुरस्कार धवलागिरी गाउँपालिका–४ घर भई हाल अमेरिकामा रहेका भिमराज पुनले प्रायोजन गर्नुभएको थियो । पश्चिम म्याग्दी युवा क्लव दरवाङले अनुशाषित टिमको उपाधी सहित नगद रु. दश हजार पुरस्कार पाएको छ ।

Annapurna aarohan ko notice

एभरग्रिनका कमल थापामगर उत्कृष्ट खेलाडी, डिफेण्डरमा आशिश गुरुङ, कोचमा सन्दीप शेरपुञ्जा, गोलरक्षकमा निशान राम्जाली उत्कृष्ट बने । मालिकाका राहुल थापा उत्कृष्ट मिडफिल्डर र ६ गोल सहित एभरग्रिनका मनिष श्रेष्ठ सर्वाधिक गोलकर्ता बने ।

बिजेता र उपबिजेतालाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रि राजिव गुरुङ (दिपक मनाङ्गे), उहाँका सचिवालय संयोजक रोनित गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले पुरस्कार वितरण गर्नुभयो ।

मन्त्री गुरुङको तर्फबाट मन्तब्य व्यक्त गर्दै सचिवालय संयोजक रोनित गुरुङले बेनीको खुल्लामञ्च खेलमैदान निर्माणका लागि यस वर्ष रु. आठ लाख बिनियोजन भएको, प्रदेशभर २४३ वटा खेलपूर्वाधार निर्माण गरेको, नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको तर्फबाट सहभागि भएर स्वर्णपदक दिलाउने खेलाडीलाई मासिक रु. तीन हजार उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले मन्त्रालयको तर्फबाट आयोजकलाई प्रतियोगिता सञ्चालनका लागि रु. पचास हजारको डमी चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा फुटबल खेलको विकासमा योगदान गरेकोमा बेनी नगर कार्यपालिका सदस्य समेत रहेका जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष कृष्णुकमार विश्वकर्मा र दरवाङका दोरण शेरचनलाई सम्मान गरिएको थियो ।

युवा क्लवहरुलाई मन्त्री गुरुङले खेलकुद सामग्री वितरण गर्नुभएको थियो । भदौ १ गते शुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...