काग्रेसले थाल्यो पालिका स्तरीय कार्यक्रम

Gandaki Kotihome

बेनी, । नेपाली कांग्रेस म्याग्दीले बुधवार देखि पालिकास्तरीय कार्यकर्ता भेटघाट, अन्तक्रिया तथा प्रशिक्षण सुरु गरेको छ ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसको पहिलो चरणको पालिका स्तरीय अभियान सुरु गरेको हो । अभियान अन्तरगत बुधबार रघुगंगा गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला भएको छ ।

जिल्लाका सबै स्थानीय तहमा एक साताभित्र पालिकास्तरीय कार्यकता भेला, संगठन सुदृढीकरण, भातृसंस्था र शुभेच्छुक संस्थाको भेला, सहित रणनीति निर्माण लगायतमा केन्द्रित रहेर अभियानलाई तिब्रता दिइएको जिल्ला कार्य समिति म्याग्दीका सचिव भरतबहादुर रकालले जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

रघुगंगा गाउँपालिका सभापती मनकुमार शेरपुजाको अध्याक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले अब हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेलाई पहिलो दल बनाउन सबैलाई आग्रह गर्नुभएको छ । निर्वाचनमा पालिकास्तरीय, वडास्तरीय र गाउँटोल स्तरीय चुनावी अभियानको तयारीमा जुट्न निर्देशन दिनुभएको हो ।

Annapurna aarohan ko notice

त्यस्तै पूर्व सभापति रेशमबहादुर बानियाँले पार्टी आन्तरिक रुपमा एक ढिक्का भएर भएको बताउदै म्याग्दीमा कुनै पनि गुट नभएको बताउनुभयो । आगामी निर्वाचनमा सबै एक भएर कांग्रेसलाई जिताउन समेत आग्रह गर्नुभएको छ ।

सोही भेलामा उपसभापति हरिकुमार श्रेष्ठ, केबी भण्डारी, सचिव भरतबहादुर रकाल, जिल्ला सदस्य तथा दरुण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्याल, पूर्व सहसभापती नेत्रबहादुर महत, पूर्व सचिव क्या मिनबहादुर कार्की लगायतका नेताहरुले समेत सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा पालिकामा बैशाखमा भएको स्थानीय तह निर्वाचनमा उम्मेद्धार बनेका, निर्वाचित जनप्रतिनिधि, पालिका समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । जिल्लाका सबै पालिकास्तरीय भेलापछि थप योजना बनाएर वडा, बस्ती र टोलस्तरसम्म जाने कांग्रेसले जनाएको छ । २०७९ साल मंसिर ४ गते आईतबारका दिन एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुदैछ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...