पहिरोले जलविद्युत आयोजना निर्माण प्रभावित

Gandaki Kotihome

बेनी,। पहिरोका कारण म्याग्दीका सात वटा जलविद्युत आयोजना निर्माण प्रभावित भएका छन् ।

रघुगंगा गाउँपालिकामा ४, धवलागिरीका दुई र मालिकाको एक वटा जलविद्युत आयोजना निर्माण प्रभावित बनेकोे हो । अरबौ लगानीमा निर्माणाधिन आयोजनाहरुको काम नियमित नहुँदा निर्माण अवधी लम्बिने र लागत बढ्ने देखिएको छ ।

म्याग्दीमा तीन सय ५३ मेगावाट क्षमताका ११ वटा जलबिद्युत आयोजना निर्माणाधिन छन् । जलविद्युत आयोजनाका पहुँचमार्गमा पहिरो जाँदा इन्धन, निर्माण सामग्री र सुरुङ खन्न आवश्यक पर्ने बिस्फोटक पदार्थ ढुवानीमा समस्या भएको हो ।

Upper Myagdi transmition line notice

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्धारा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाका व्यवस्थापक राज बिष्टले बाँध र दुई वटा अडिटबाट सुरुङ निर्माण रोकिएको बताउनुभयो ।

“दग्नामबाट खसेको पहिरोका कारण झिँको सिमानामा रहेको बाँध, अडिट १ र २ को सुरुङ निर्माण रोकिएको छ,” उहाँले भन्नुभयो “पावर हाउस र अन्य अडितको काम भने निरन्तर भइरहेको छ । बाँधतर्फ जाने पहुँचमार्गमा पैदल हिडेर पनि जान नसकिने पहिरो खसेको छ ।”
राहुघाट नदीमा आएको बाढीले ठेकेदार कम्पनी जयप्रकाश एसोसियट्सले भाडामा लिएको डोजर बगाएको थियो । तुँदी पावर कम्पनी प्रर्वद्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मंगले, ४८.५ मेगावाटको अपर राहुघाट र संयुक्त उर्जा प्रा.लीले निर्माण गरिरहेको २१.३० मेगावाट क्षमताको ठुलोखोला जलबिद्युत आयोजना निर्माण स्थल जोड्ने पहुँचमार्ग अवरुद्ध भएका छन् ।

तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सीनाले दग्नामको औरी, चिमखोला र मलाङको पहिरोका कारण डिजेल, सिमेन्ट, रड र बिस्फोटक पदार्थ ढुवानी हुन नसकेको बताउनुभयो । भएका सामान सकिएपछि भरिया र खच्चरमा बोकाउँदा महँगो पर्न गएको इन्जिनियर तिमिल्सीनाले बताउनुभयो ।

Annapurna aarohan ko notice

धौलागिरि कालिका हाइड्रो लिमिटेडले मालिका गाउँपालिकामा निर्माण गरिरहेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलबिद्युत आयोजनाका आवासीय इञ्जिनियर बालकुमार रोकाले पहिले दैनिक तिन पटक बिस्फोटक हुने गरेकोमा बर्खा लागेपछि एक पटक मात्र गर्न सकिएको बताउनुभयो ।

धवलागिरी र मालिका गाउँपालिकामा अपर म्याग्दी हाइड्रोपावर लिमिटेडले निर्माण थालेको ५३.५० मेगावाट क्षमताको अपर म्याग्दी पहिलो र हाइड्रो इम्पायर प्रा.लीले धवलागिरी गाउँपालिका–४ मा निर्माण गरिरहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलबिद्युत आयोजना स्थल पनि सडक सम्पर्क बिच्छेद भएको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण थालेको १३२ केभी क्षमताको डाडाखेत सवस्टेशन निर्माण स्थल जोड्ने सडक पनि अवरुद्ध भएको छ । निरन्तरको बर्षातका कारण दिनमा मर्मत गरिने सडक रातमा भत्किने गर्छन् । निर्माण सामग्री र इन्धनको व्यवस्थापन गर्न नसक्दा आयोजनाका निर्माण कम्पनीहरुले मजदुर घटाएका छन् ।

अन्नपूर्ण गाउँपालिकामा सञ्चालित ७१ मेगावाट क्षमताको निलगिरी क्यासकेड, ३८ मेगावाट क्षमताको निलगिरी पहिलो, १४ मेगावाट क्षमताको घारखोला र ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना निर्माण कार्यलाई भने निरन्तरता दिइएको प्रर्वद्धकहरुले जनाएका छन् ।

विद्युत बिकास बिभागका अनुसार ४९ मेगावाट क्षमताका तीन वटा जलबिद्युत आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् ।

३४६.०३ मेगावाट क्षमताका ६ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । ८३.५ मेगावाट क्षमताका तीन वटा आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा आयोजना सर्बेक्षणको क्रममा छन् ।

सबैभन्दा बढी १० वटा जलबिद्युत आयोजना रहेका अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ नारच्याङमा ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाटको घलेम्दीखोला र २ मेगावाट क्षमताको तातोपानी साना जलबिद्युत आयोजना सञ्चालनमा छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...