म्याग्दी उद्योग वाणिज्य संघ मंगला इकाईको साधारणसभा

Gandaki Ghumau

बाबियाचौर, । म्याग्दी उद्योग वाणिज्य संघ, मंगला बजार ईकाईको तेस्रो साधारणसभा शनिबार बाबियाचौरमा सम्पन्न भएको छ ।

साधारणसभामा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आर्थिक विकासका क्षेत्रमा निजी क्षेत्रको भूमिका हुने र सहकार्य गर्न गाउँपालिका तयार भएको बताउनुभयो । स्थानीय स्तरमा उपलब्ध स्रोत साधन, पुजि परिचालन गरी उद्यम व्यवसायमा अग्रसर हुन निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

Gunasthariya Shiksya

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्य, वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री, इकाईका निबर्तमान अध्यक्ष हुमनाथ पाण्डेले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Shreekrishna

म्याग्दी उद्योग वाणिज्य संघ मंगला ईकाईका सभापति चक्रलाल पाण्डे (राजु)को अध्यक्षता र सचिव प्रमानन्द विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको साधारणसभामा आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत र छलफल भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...