दुखखोलाको सडक पुलमा आवत जावत बन्द

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुलमा आवत जावत बन्द गरिएको छ ।

दुखुखोलामा आएको बाढीले कटान गरेर पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावीयन पर्खाल बगाएर जोखिम बनाएको छ । पुलको मालिकातर्फको पिल्लर भन्दा गहिरो गरेर खोला बग्न थालेको छ ।

मालिकातर्फको पहुँचमार्ग साँघुरिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले जोखिम भएकाले दुखुखोलाको पुलमा आवत जावत बन्द गरिएको बताउनुभयो । पुलको बारेमा थप अध्ययन गर्न मन्त्रालयबाट विज्ञ टोली बोलाएको अधिकारीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, पूर्वाधार कार्यालयका प्रमुख अधिकारी लगायतको टोलीले बिहिबार दुखुखोलाको पुलको स्थलगत निरिक्षण गर्नुभएको थियो । पुलमा आवत जावत बन्द गरिँदा मालिका र धवलागिरी गाउँपालिका सिधा यातायात सम्पर्क बिच्छेद भएको छ ।

बेनी–दरवाङ मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । पूर्वाधार विकास कार्यालयले वि.स. २०७६ मा दुखुखोलामा रु. दुई करोड २५ लाख ६० हजार ८२३ को लागतमा २२ मिटर लामो पुल निर्माण गरेको थियो ।

तत्कालीन जिल्ला विकास समिति अन्तरगतको ड्रिलिप मार्फत वि.स. २०६७ देखि शुरु भएको दुखुखोलाको पुल निर्माण कार्य दश वर्षमा सकिएको थियो । पुलतल दुखुखोलाको बाढीले मंगला गाउँपालिका २ सहश्रधाराको बस्तितर्फ कटान गर्न थालेको छ । करिब २५ घर रहेको सहश्रधाराका बासिन्दाले कटान नियन्त्रणको माग गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...