बेनी जोमसोम सडकको काभ्रेभिरमा पहिरो खस्यो

Gandaki Pardesh notice

बेनी। हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो । भिरबाट खसेको पहिरोले सडक पुर्नुका साथै कालीगण्डकी नदी बग्ने ठाउँलाई साधुरो बनाएको छ । पहिरो खसेको क्षेत्रमा बिस्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाएर सडक विस्तार गरिएको थियो ।

पहिरो खसेपछि म्याग्दीबाट गएका र मुस्ताङबाट बेनीतर्फ आएका सवारी साधन बिच बाटोमै रोकिएका छन् । मानिस पैदल हिड्न पनि नसकिने भएकाले बैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पहिरो नरोकिदाँ र सडक नखुल्दासम्म घाँसा देखि पहिरोथाप्ला म्याग्दीको कोप्चेपानी–गाडपार हुदै दाना निस्कने बैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । स्थानीयबासीन्दा मुस्ताङ भ्रमणमा आएका पर्यटक तथा मुक्तिनाथ दर्शन गर्न आएका भक्तजनहरु सडक अवरुद्ध हुँदा प्रभावित बनेका छन् ।

घटनास्थलमा पुगेका प्रतिनिधीसभा सदस्य प्रेमप्रसाद तुलाचनले पहिरो रोकिएपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाका उपकरण परिचालन गरेर पहिरो पन्छाएर सडक खुलाइने बताउनुभयो ।

दुई दिनदेखिको बर्षातका कारण आएको बाढीले मुस्ताङको कैकुखोलामा सडक बगाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार रुप्सेखोला र बेगखोलामा पनि सडक अवरुद्ध भएको छ । अन्नपूर्ण गाउँपालिका–२ नैनीबगरमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...