कोरोना संक्रमित देखिन थालेपछि सतर्कता अपनाउन प्रशासनको आग्रह

Gandaki Ghumau

बेनी, । म्याग्दीमा कोरोना भाइरसका संक्रमित भेटिन थालेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबारको बैठकले गरेको निर्णय अनुसार प्रशासनले ८ बुदे आदेश जारी गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जारी गर्नुभएको आदेशमा कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन सार्वजनिक स्थलमा माक्सको प्रयोग अनिवार्य गर्ने, भोतिक दुरि कायम गर्ने, समय समयमा साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने मापदण्डको पालना गर्न आग्रह गरिएको छ ।

Shreekrishna

पसल, व्यवसाय, धार्मिक, पर्यटकीय स्थल, तातोपानी कुण्ड, मेला महोत्सव, राजनीतिक, प्रशासनिक, सामाजिक तथा संस्कारजन्य कार्यक्रम, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिममा जनस्वास्थ्यका मापदण्ड कडाईका साथ परिपालना गर्न प्रशासनले आग्रह गरेको छ ।

सार्वजनिक सेवा प्रदायक कार्यालयहरुमा जनस्वास्थ्यको मापदण्ड पालनाका विषयमा कार्यालय प्रमुखहरुको बैठकमा निर्देशन दिएको प्रजिअ रानाले बताउनुभयो । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालका अनुसार हाल म्याग्दीमा ८ जना कोरोनाका सक्रीय संक्रमित छन् ।

Gunasthariya Shiksya

उनिहरु होम आइसोलेशनमा छन् । गत फागुन महिनादेखि म्याग्दी कोरोना संक्रमण मुक्त बनेको थियो । करिब पाँच महिनापछि म्याग्दीमा कोरोना संक्रमित देखिन थालेका हुन् । पछिल्लो समय देशैभरी कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

गण्डकी प्रदेशको धवलागिरी अस्पताल बागलुङ, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा र संक्रामक तथा सरुवा रोग अस्पताल सिसुवालाई कोरोना संक्रमितको उपचार स्थल तोकेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले जानकारी दिनुभयो ।

५ देखि ११ वर्ष उमेर समूहकालाई भाइजरको कोरोना विरुद्धको खोप र चार हजार जनालाई बुस्टर डोज खोप लगाउने तयारी भएको बताउनुभयो । कोरोनाबाट म्याग्दीका चार हजार ९६ जना संक्रमित भएकामा ३० जनाको मृत्यु भएको छ ।

१८ वर्ष माथिको जनसंख्या ७२ हजार ९७३ मध्य ६९ हजार ९७१ जनाले पहिलो मात्रा, ७८ हजार ९८ जनाले पूर्ण मात्र र ४८ हजार ३८६ जनाले कोरोना विरुद्धको बुस्टर डोजको खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...