मंगला गाउँपालिकाले सरुवा भएर आएका प्रशासकीय अधिकृतलाई हाजिर गराएन्

Gandaki Ghumau

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रशासकीय अधिकृतलाई फिर्ता गरेको हो । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारका प्रतिनिधिको भूमिकामा हुन्छन् ।

मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौर स्थित कार्यालयमा पुग्नुभएको थियो । “५ गतेको निर्णय अनुसार मंगला गाउँपालिकामा सरुवा भएको रमना पत्र लिएर हाजिर हुन गएको थिए,” कार्कीले भन्नुभयो “मन्त्रालयले समन्वय नगरी सरुवा गरेर पठाएकाले हाजिर गराउन नसक्ने पत्र दिएर पठाउनुभयो ।”

Shreekrishna
Gunasthariya Shiksya

मंगलाका प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाको हालै अन्यत्र सरुवा भएको थियो । बागलुङको काठेखोला गाउँपालिकाका प्रशासकीय अधिकृत कार्कीलाई मन्त्रालयले मंगलामा सरुवा गरेर पठाएको हो । पालिकाले हाजिर नगराएपछि बागलुङ फर्कनुभएका कार्कीले मन्त्रालयमा जानकारी गराउने बताउनुभयो ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले “मन्त्रालयले एक जनालाई भनेर अर्कालाई सरुवा गरेर पठाएकाले हाजिर नगरी फिर्ता गरेको” प्रतिक्रिया दिनुभयो । “उहाँ (कार्की) पनि सल्लाह समन्वय नगरी सरुवा भएर आउनुभयो,” अध्यक्ष रोकाले भन्नुभयो “मन्त्रालयले एउटालाई भनेर अर्कालाई सरुवा गरेर पठाएछ ।”

काम गर्नलाई सहज र सहयोग गर्ने प्रशासकीय अधिकृत चाहिने अध्यक्ष रोकाले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...