स्याउलीबजारमा कसले खोल्यो दर्ता बिनै क्रसर ?

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्याउलीबजारमा दर्ता बिनै क्रसर उद्योग स्थापना भएको छ ।

क्रसर सञ्चालन सम्बन्धी मापदण्ड र प्रक्रीया पुरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता समेत भएको छैन् । रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष अमृत भण्डारीले अवैध तवरले क्रसर उद्योग सञ्चालन भएको बताउनुभयो ।

“बेनी–जोमसोम सडक र कालीगण्डकी नदीको बगर नजिकै दर्ता बिनै, मापदण्ड र प्रक्रीया पुरा नगरी क्रसर सञ्चालन गरेको पाइयो,” उहाँले भन्नुभयो “हामी अनुगमनमा जाँदा कोही पनि भेटिएनन् । कसले कसरी सञ्चालन गरेको हो भन्ने विषयमा जानकारी छैन् ।”

Shreekrishna hardwear in news

कालीगण्डकीको बगरबाट गाउँपालिकालाई राजस्व नतिरिकनै नदीजन्य बस्तुको उत्खनन् गरेको सो क्रसर उद्योगको विषयमा अनुगमन र छानविन गर्न गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

स्थानीयवासीका अनुसार सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधी र सरोकारवालाहरु स्थानीय तह निर्वाचनमा केन्द्रित भएको मौका छोपेर गत बैशाख महिनामा क्रसर उद्योग स्थापना गरेका थिए । क्रसर परिसरमा गिट्टी कुटेर थुपारिएको छ । त्यहाँ मानिस बस्ने टिनको टहरा समेत बनाएका छन् । जनप्रतिनिधीले चासो दिएपछि क्रसर सञ्चालक त्यहाँ जान छोडेका छन् ।

पछिल्लो केही वर्षयता सरकारले नयाँ क्रसर उद्योग स्थापना र सञ्चालन गर्न अनुमति दिएको छैन् । सर्वोच्च अदालतले गत वर्षदेखि कालीगण्डकी नदीको बगरबाट उत्खनन्मा रोक लगाएको छ । रघुगंगा गाउँपालिका लगायत स्थानीय तहहरुले चालु आर्थिक वर्षमा कालीगण्डकी बगरबाट नदीजन्य बस्तुको उत्खनन् र निकासीका लागि ठेक्का लगाएका छैनन् ।

विकास आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामग्री उत्पादन र प्रसोधन गर्न अस्थायी क्रसर स्थापना गर्न पाउने व्यवस्था भएपनि सो ठाउँमा कसैले पनि अनुमति लिएको नपाइएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । स्याउली बजारमा २०७७ मंसिरमा क्रसर उद्योग खोल्न जग्गा सम्माएका थिए ।

कालीगण्डकी नदी किनारमा रहेको निजी जग्गामा क्रसर उद्योगका संरचना बनाउन थालेपछि स्थानीयबासीले बिरोध जनाउदै वडा, गाउँपालिका, जिल्ला समन्वय समिति र प्रशासनमा जानकारी गराएका थिए । प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधीहरुले अनुगमन र निगरानी गरेपछि त्यसबेला क्रसर स्थापना हुन सकेको थिएन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...