झिँमा स्वास्थ्य चौकीको भवन

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको भवन सोमबार एक समारोहका बिच उद्घाटन र हस्तान्तरण गरिएको हो । आयोजनाका ईञ्जिनियर प्रविणप्रताप अधिकारीका अनुसार दुई तले ९ कोठे भवन निर्माणका लागि रु. एक करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

“तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरणले रघुगंगा–१ बेगखोलामा भवन निर्माणको सम्झौता गरेको थियो,” उहाँले भन्नुभयो “बेगखोलामा गाउँपालिकाले अस्पतालको भवन बनाउने निर्णय गरेपछि स्वास्थ्य चौकीको भवन झिँमा स्थानान्तरण गरिएको हो ।”

Shreekrishna hardwear in news

वि.स. २०७७ असार ११ गते तिलक निर्माण बागलुङसँग ठेक्का सम्झौता भएको भवन निर्माण कार्य राष्ट्रिय पुननिर्माण प्राधिकरण विघटन भएपछि आयोजनाको कार्यालयलाई हस्तान्तरण भएको थियो ।

Bhautik ministry notice about road

१५ महिनाको ठेक्काको म्याद कोरोना, स्थान परिवर्तन र जग्गा व्यवस्थापनका कारण २०७९ असार मसान्तसम्म थपिएको थियो । तिलक निर्माण सेवाका सञ्चालक भुपेन्द्र खड्काले शुरु गरेको सात महिनाको अवधीमा भवन निर्माण गरेर हस्तान्तरण गरेको बताउनुभयो ।

झिँमा गत पुष÷माघ महिनामा सामुदायिक भवन भएको ठाउँको जग्गा व्यवस्थापन गरेपछि भवन निर्माण थालिएको थियो । भवन परिसरमा घेराबार, त्यहाँसम्म पुग्ने पदमार्ग, सडक र पहिरो रोकथामका लागि पर्खाल निर्माण भएको छ ।

भवनमा बिरामी उपचार, प्रशासन, औषधी भण्डारण, स्वास्थ्यकर्मीको कार्यकक्ष, आवास र प्रसुतिका लागि फरक फरक कोठा छन् । साँघुरो, पुरानो र जिर्ण भवनबाट सञ्चालन भइरहेको स्वास्थ्य चौकीलाई नयाँ भवनमा सार्ने तयारी भएको वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले बताउनुभयो ।

सुविधासम्पन्न भवन निर्माणसँगै स्वास्थ्य चौकीको सेवा प्रभावकारी र सहज हुने उहाँले अपेक्षा गर्नुभयो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बेगखोलामा अस्पताल बनाउने निर्णय भएपछि धेरै मेहनत गरेर झिँमा स्वास्थ्य चौकी भवन स्थानान्तरण र निर्माण गर्न सफल भएको बताउनुभयो ।

स्थानान्तरणको प्रक्रीया र जग्गा व्यवस्थापन गर्न समय लागेपनि भवन निर्माण छिटो भएको उहाँले बताउनुभयो । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष शेरपुञ्जालाई भवन हस्तान्तरण गरिएको थियो । गाउँपालिकाका अध्यक्ष भण्डारीले भवन उद्घाटन गर्नुभएको थियो । झिँका बासिन्दाले बाजा बजाएर खुसीयाली मनाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...