टोड्के जोड्ने नयाँ पदमार्ग

Gandaki Ghumau

बेनी, । म्याग्दीको पर्यटकीय स्थल टोड्के जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ ।

मंगला गाउँपालिकाले पहिचान गरेको सिमलचौर–लामोछहरा–फलामेगुफा, महादेव गुफा–पूर्णगाउँ हुदै टोड्के जोड्ने पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर पूर्वाधार निर्माण थालेको हो ।

स्थानीयबासीले लेकबेशी गर्न प्रयोग गर्ने बाटोलाई पर्यटकीय पदमार्गको रुपमा विकास गर्न पूर्वाधार बनाउन थालिएको सिमलचौर–टोड्के पदमार्ग निर्माण समितिका सचिव अशोक पौडेलले बताउनुभयो ।

Shreekrishna

“चालु आर्थिक वर्षमा मंगला गाउँपालिकाले बिनियोजन गरेको बजेटले सिमलचौरबाट पदमार्ग निर्माण थालिएको छ,” उहाँले भन्नुभयो “सडक बनेपछि विस्थापित भएको पुरानो बाटोलाई पर्यटकीय पदमार्ग बनाउन थालेका हौ ।”

Gunasthariya Shiksya

यस वर्षको रु. ३ लाख पचास हजार बजेटले प्रवेशविन्दुमा पर्ने सिमलचौरमा ढुङ्गा, सिमेन्ट र बालुवा प्रयोग गरेर १०० मिटर पदमार्ग बनाइएको गाउँपालिकाका प्राविधिक विपिन आचार्यले बताउनुभयो बताउनुभयो । पदमार्गको साथै सुचनामुलक बोर्ड र प्रतिक्षालय बनाइएको छ ।

प्राकृतिक उपचार स्थल तातोपानी भ्रमणमा आउने पाहुनालाई टोड्के र टोड्के पुगेका पर्यटकलाई तातोपानी भित्र्याउन यो पदमार्ग प्रभावकारी हुने अपेक्षा गरिएको छ । बेनी–दरवाङ सडकको सिमलचौर देखि नेवारेखोलाको दायाँ किनारै किनार लामोछहरा, फगामेगुफा, महादेव गुफा, पूर्णगाउँ हुदै टोड्के पुग्ने पदमार्गको बनाउन लागिएको हो ।

सिमलचौर देखि दुई घण्टा पचास मिनेट उकालो बाटो हिडेपछि टोड्के पुग्न सकिन्छ । पदमार्गमा लामोछहरा, फलामे र महादेव गुफा पर्दछन् । अग्लो पहाडबाट खस्ने लामोछहरा आकर्षक र मनमोहक छ ।

फलामे गुफाबाट परापुर्व कालमा फलाम निकाल्ने गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष दिर्घबहादुर खड्काले बताउनुभयो । महादेव गुफाभित्र शिवको मुर्ति लगायत विभिन्न कलात्मक दृष्य अवलोकन गर्न सकिन्छ । समुन्द्रि सतहदेखि दुई हजार २०० मिटरको उचाईमा रहेको टोड्के मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित छ ।

गुराँसको जंगलको बिचमा पहाडको टाकुरामा समथर भूगोलमा रहेको सुर्योदय, हिमशृङखला, पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ । हाल रघुगंगाको झिँ, बेनीको वाखेत, मंगलाको पूर्ण गाउँ हुदै टोड्के जाने पदमार्ग र सडक सञ्चालनमा छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...