रघुगंगाको ७८ प्रतिशत बजेट खर्च

Gandaki Kotihome

बेनी । रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा ७८.८१ प्रतिशत बजेट खर्च गरेको छ ।

असार २५ गतेदेखि गाउँपालिकाको भुक्तानी प्रक्रीया बन्द भएको छ । कारोबार बन्द भएलगत्तै आर्थिक वर्षभरको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । उहाँका अनुसार रु. ४८ करोड ९४ लाख ५७ हजार २०५ बजेट बिनियोजन भएकोमा रु. ३८ करोड ५७ लाख ६० हजार ८८ खर्च भएको छ ।

विभिन्न शिर्षकमा रु. ४८ करोड ९४ लाख ५७ हजार २०५ आम्दानी हुने प्रस्ताव गरिएकोमा रु. ४५ करोड ३१ लाख ७२ हजार ९६४.८० आम्दानी भएको लेखा अधिकृत खगराज सुवेदीले बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

पुँजिगत शिर्षकमा रु. १७ करोड २७ लाख ७५ हजार ७०० बिनियोजन भएकोमा ६७.२ प्रतिशत अथवा रु. ११ करोड ६१ लाख २३ हजार ९४९.६१ खर्च भएको छ । रु. पाँच करोड ६६ लाख ५१ ह्जार ५७० खर्च हुन सकेन् । खर्च नभएको बजेट राज्यकोषमा फिर्ता हुने लेखा अधिकृत खगराज सुवेदीले बताउनुभयो ।

सवैभन्दा बढी पुजिगत तर्फ गैरआवासीय भवन निर्माण तथा खरिद शिर्षकमा रु. चार करोड ९६ लाख ३५ हजार बिनियोजन भएकोमा रु. दुई करोड ७० लाख १३ हजार ३०३ खर्च भएको छ । सडक तथा पुल निर्माण शिर्षकमा रु. तीन करोड ५४ लाख ३५ हजार बिनियोजन भएकोमा रु. दुई करोड ९६ लाख ७३ हजार २७४ खर्च भएको छ । अन्य सार्वजनिक निर्माण शिर्षकमा रु. तीन करोड ८५ लाख ४६ हजार बिनियोजन भएकोमा रु. दुई करोड २३ लाख ९३ हजार ५८० खर्च भएको छ ।

गाउँपालिकाले १६५ वटा योजना तथा कार्यक्रमका लागि बजेट बिनियोजन गरेकोमा एक वटा बाहेक सबै कार्यान्वयन भएका छन् । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले योजना तथा कार्यक्रम र बजेट कार्यान्वयनमा सहयोग गर्न जनप्रतिनिधी, कर्मचारी, प्राबिधिक, उपभोक्ता समितिका पदाधीकारी, निर्माण व्यवसायी, सामाजिक अगुवा लगायत सवैलाई धन्यवाद दिनुभयो ।

यस वर्ष वडा नम्बर ८ को कुईनेमा सडक पुग्नु, गाउँपालिकाको सभाहल सहितको आफ्नै प्रशासकीय भवन निर्माण हुनु, वडा नम्बर २ र चिमखोला स्वास्थ्य चौकी, कोल्ड स्टोरको भवन निर्माण शुरु, झिँ–टोड्के पैदलमार्ग निर्माण लगायतका उपलब्ध हाँसिल भएका अध्यक्ष भण्डारीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...