आयुर्वेद स्वास्थ्य केन्द्रबाट १२ हजार बढीले सेवा लिए

Gandaki Ghumau

बेनी । म्याग्दीको बेनीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट एक वर्षको अवधीमा १२ हजार जना भन्दा बढीले सेवा लिएका छन् ।

केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको समिक्षा कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ को साउन देखि असार २३ गतेसम्म १२ हजार २५० जनाले सेवा लिएका जानकारी गराइएको हो ।

केन्द्रका निमित्त प्रमुख दामोदर शर्माका अनुसार आयुर्वेद सेवा लिनेको यो संख्या दाना र भगवतिको औषधालय तथा बाबियाचौर, दरवाङ र मुनाको नागरिक आरोग्य केन्द्र बाहेकको हो ।

Shreekrishna

“जिल्लाभर आर्थिक वर्ष २०७६÷०७७ मा १० हजार ४७७ र २०७७÷७८ मा १४ हजार ४३२ जनाले सेवा लिएका थिए,” उहाँले भन्नुभयो “नागरिक आरोग्य केन्द्र र औषधालयबाट सेवा लिनेको संख्या जोड्न बाँकी छ । त्यो जोड्दा विगतको तुलनामा आयुर्वेद सेवा लिनेको संख्या बढ्दै गएको देखिन्छ ।”

Gunasthariya Shiksya

आयुर्वेद चिकित्सक सन्देश अधिकारीले नागरिक स्तरमा आयुर्वेद चिकित्साको महत्व र फाइदाको प्रचारप्रसार र सेवा विस्तारसँगै सेवाग्राही बढेका बताउनुभयो । ग्यास्ट्रिक, कमलपित्त, मधुमेह जस्ता समस्याका बिरामीले आयुर्वेद सेवा लिने गरेका छन् ।

म्याग्दीको साथै पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका बासिन्दाले पनि केन्द्रबाट आयुर्वेद स्वास्थ्य उपचार सेवा लिने गरेका छन् । योग प्रशिक्षण सञ्चालन गरेको केन्द्रमा नियमित स्वास्थ्य, परिक्षण, परामर्शको अलावा जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रर्वद्धन, स्तनपायी आमाका लागि स्तन्यब्रद्र्धक औषधी, पंचकर्म, मर्म चिकित्सा सम्बन्धी सेवा दिने गरिएको वैद्य निरीक्षिक प्रेमप्रसाद गौतमले बताउनुभयो ।

यसैगरी चालु आर्थिक वर्षमा केन्द्रका लागि प्रदेश समानिकरणतर्फ रु. ९७ लाख १८ हजार बजेट बिनियोजन भएकोमा ९२.७ प्रतिशत अथवा रु. ९० लाख नौ हजार बजेट खर्च भएको छ । लेखापाल सुभाषचन्द्र पौडेलले संघीय शसर्ततर्फ रु. ५१ लाख ३५ हजार मध्य ९५.८५ प्रतिशत अथवा रु. ४९ लाख २२ हजार खर्च भएको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले आयुर्वेद स्वास्थ्य सेवाको फाइदाको प्रचारप्रसार र सेवा विस्तार गर्नुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले एन्टिवायोटिक औषधीको प्रयोग घटाउदै अन्य असर नगर्ने आयुर्वेद औषधीको प्रयोग बढाउन जोड दिनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले आयुर्वेद सेवा विस्तार गर्न सुझाव दिनुभयो । कार्यक्रममा मंगला गाउँपालिका–२ का वडा अध्यक्ष धनबहादुर खाती क्षेत्री र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले आयुर्वेद स्वास्थ्य सेवाको प्रभावकारीताका विषयमा नागरिकलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...