दिच्याम र दुखुमा स्वास्थ्य इकाई

Gandaki Ghumau

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–६ को दिच्याम र दुखुमा बिहिबार सामुदायिक स्वास्थ्य इकाई सञ्चालन भएको छ ।

भौगोलिक विकटताका कारण पालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक उपचार केन्द्रमा पुगेर सेवा लिन अपायक पर्ने दिच्याम र दुखुवासीका लागि मालिका गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको हो ।

मालिका गाउँपालिका–६ का वडा अध्यक्ष पथबहादुर रोकाले एकै दिन सञ्चालन भएका दुई वटै इकाईमा एक जना (एचए) स्वास्थ्य सहायक र कार्यालय सहयोगी नियुक्त गरिएको जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“स्वास्थ्य परिक्षण, परामर्श, निशूल्क औषधी वितरण सम्बन्धी सेवा इकाईबाट उपलब्ध हुन्छ,” उहाँले भन्नुभयो “इकाई सञ्चालन भएपछि सामान्य विरामी हुँदा समेत दुई देखि तीन घण्टा पैदल हिडेर दरवाङ पुग्नुपर्ने दिच्याम र दुखवासीको समस्या हटेको छ ।”

खोप सम्बन्धी सेवा पनि इकाईबाटै उपलब्ध हुनेछ् । दिच्याममा १३७ र दुखुमा १०२ घरधुरीको बसोवास छ । गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन् । सामुदायिक भवनको कोठामा इकाई सञ्चालन गरिएको छ ।

यसअघि दुखु र दिच्यामका वासिन्दा सामान्य विरामी पर्दा पनि सिटामोलका लागि दरवाङ पुग्ने गरेका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...