रुइसेको पाखोमा गुराँसको वृक्षारोपण

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ रुइसेमा गुराँस पार्क (उद्यान) बनाइएको छ ।

नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको रुइसेमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा रुइसेडोरा सामुदायिक वन उपभोक्ता समूहले उद्यान बनाएको हो । निमित्त डिभिजन वन अधिकृत मनोज रानाभाटले पर्यापर्यटनको प्रर्वद्धन गर्न रुइसेमा राष्ट्रिय फुल गुराँसको वृक्षारोपण गरिएको बताउनुभयो ।

“गुराँसको संरक्षणसँगै पर्यापर्यटन विकास गर्ने उद्देश्यले रुइसेमा गुराँसको वृक्षारोपण गरेर पार्क बनाएका हौ,” उहाँले भन्नुभयो “म्याग्दीमा सम्भवत पहिलो पटक ठूलो संख्यामा गुराँसको वृक्षारोपण रुइसेमा भएको छ ।” तीन हेक्टर क्षेत्रफलमा तीन हजार गुराँसको विरुवा रोपिएको वन अधिकृत रानाभाटले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

स्थानीय जंगलबाट विरुवा संकलन गरेर रोपिएको हो । समुन्द्रि सतहदेखि दुई हजार २०८ मिटर उचाईमा अवस्थित रइसेमा गुराँस पार्क बनाउन वन कार्यालयले समूहलाई रु. चार लाख असी हजार अनुदान सहयोग गरेको थियो ।

Bhautik ministry notice about road

कार्यालयको सहयोग, समूहको आन्तरिक स्रोत र श्रमदानबाट झाडी फाँडेर, तारवारले घेराउ गरी गुराँसका विरुवा रोपिएको रुइसेडोरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गम्मरबहादुर भण्डारीले बताउनुभयो । गाइबस्तुबाट जोगाउन गुराँस रोपिएको पाखोलाई घेराबार गरिएको हो ।

गुराँसका विरुवा हुर्किएर फुल्न थालेपछि रुइसेको सौन्दर्यकरण भई पर्यटक आकर्षित हुने, वन समूहको आम्दानी बढ्ने र समुदायको आयआर्जन वृद्धिमा सघाउ पुग्ने अध्यक्ष भण्डारीले बताउनुभयो । पहाडको फेदीमा, समथर फाँट भएको रुइसे भन्दा केही माथिको पाखोमा लालीगुँरासको जंगल छ ।

रुइसेबाट धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु हिमाल, नागवेली परेर बगेको कालीगण्डकी नदी, म्याग्दी, पर्वत र बागलुङका वस्ती तथा पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक पदमार्ग धौलागिरि आइसफलको प्रवेशविन्दुमा पर्ने रुइसेको अर्को आकर्षण एकान्त वातावरण र सुर्योदयको दृष्य अवलोकन गर्न पाउनु पनी हो ।

रुइसेमा रघुगंगा गाउँपालिकाले दृष्य अवलोकन गर्ने भ्यु पोइन्ट निर्माण गरेको छ । भ्यु प्वाइन्टको भुइतलामा रेष्टुरेन्ट सञ्चालन गर्न मिल्ने कोठा, सार्वजनिक शौचालय, घेरावार र प्रवेशद्धार निर्माण गरिएको छ । भगवतिदेखि रुइसे जोड्ने सडक र पैदलमार्ग निर्माण भएको छ ।
रुइसेको समथर फाँटमा वसेर पृष्ठभूमिमा हिमाल र पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ । भ्यु टावर बनेपछि रुइसेमा आन्तरिक पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । रुइसेमा रघुगंगा गाउँपालिकाले तालिम केन्द्रको भवन समेत बनाएको छ । स्थानीयले खाना र खाजाको सुविधाका लागि रेष्टुरेन्ट सञ्चालन गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...