काभ्रेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शनिबार विहान देखि अवरुद्ध भएको छ ।

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गएराती पहिरो खसेपछि ७६ किलोमिटर दुरिको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन बन्द भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले सडकको बिचमा ठुलो ढुङ्गा खरेर अवरोध गरेको बताउनुभयो । “सडक विस्तारका लागि वलास्टिङ गरेर छाडिएको छ,” उहाँले भन्नुभयो “राती पहिरो खसेर सवारी आवत जावत गर्न नसक्ने भएको छ ।”

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सडक स्तरोन्नतिको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको डोजर परिचालन गरेपनि सफल नभएपछि बिस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाउन सडक आयोजना मार्फत जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव गरिएको छ ।

नेपाली सेनाको टोलीलाई बिस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाई सडक खुलाउन काभ्रेभिर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुदाँ बेनीबाट मुस्ताङ तर्फ र मुस्ताङबाट म्याग्दीतर्फ आउने जाने सवारी साधन बिच सडकमा रोखिएका छन् ।

अत्यावश्यक कामले गन्तब्यमा पुग्नुपर्नेहरु सवारी साधन परिवर्तन गरेर यात्रा गर्न बाध्य छन् । स्थानीयबासी, मुस्ताङ घुम्ने पर्यटक र मुक्तिनाथ दर्शनका लागि आउने र जाने भक्तजनलाई समस्या भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...